‘संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउनुपर्छ’

‘संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउनुपर्छ’
+
-

काठमाडौँ – राष्ट्रिय सभा सदस्य डा विमला राई पौड्यालले संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन माग गरेकी छन्। उनले राष्ट्रिय सभा बैठकमा शुक्रबार संक्रमणकालीन न्यायलाई टुंगो लगाउनुपर्ने बताएकी हुन्।

बृहत् शान्ति सम्झौता भएको र नयाँ संविधान बनेको लामो समय भइसक्दा पनि द्वन्द्वपीडितले न्याय नपाएको र पीडकको पहिचानसम्म हुन नसकेको भन्दै उनले राजनीतिक दलले गरेको प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाइन्।

उनले संक्रमणकालीन न्याय नटुंगिए शान्ति प्रक्रिया नै पूरा नहुने भएकाले आगामी चुनावसम्म संक्रमणकालीन न्यायलाई टुंग्याउन माग गरेकी छन्।

उनले भनिन्, ‘जबसम्म संक्रमणकालीन न्यायको मुद्दा टुंगिँदैन, तबसम्म शान्ति प्रक्रिया हाम्रो टुंगिएको मानिँदैन। र, हामीले विश्वसामु गौरव गर्ने ठाउँ पनि रहँदैन।’

उनले यदि कानुनमा केही कमी भए संशोधन गर्न लिएर आउनसमेत आग्रह गरिन्। उनले भनिन्, ‘अर्को चुनावमा जानुभन्दा अगाडि संक्रमणकालीन न्यायको मुद्दा टुंगियोस्, यसका लागि सरकारलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु।’

उनले बृहत् शान्ति–सम्झौतापछि द्वन्द्वरत पक्ष नै पटक–पटक सरकार सञ्चालनमा पुगे पनि यस विषयलाई टुंगोमा पु¥याउन नसकेको बताइन्। राजनीतिक दलले चाहेमा तुरुन्तै गर्न सकिने उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?