
काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडको मेगा लोकप्रिय बचत खाता खोल्दा एनसेलको सिमकार्ड निःशुल्क प्राप्त गर्ने भएका छन्।
‘शून्य मोज्दात’ मै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकले एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएको सुविधासहितको सिमकार्ड निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ।
मेगा बैंक र एनसेलको यो सहकार्यका लागि बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
प्रिलोडेड रूपमा रहेको ५०० एमबी डाटा (इन्टरनेट), ५० मिनेट टक टाइम तथा ५० एसएमएस प्याकेज भएको एनसेलको सिमकार्ड नयाँ खाता खोल्ने ग्राहकका साथै यो निक्षेप योजनाअन्तर्गत मेगा स्मार्ट मोबाइल बैंकिङ सुविधा उपभोग गर्ने ग्राहकलाई निःशुल्क उपलब्ध गराइने मेगा बैंकले जनाएको छ।
साथै, यसरी पाइने सिमकार्डबाट बैंकको मेगा स्मार्ट मोबाइल बैंकिङ र मेगा अनलाइन बैंकिङ प्रयोग गर्न अनलिमिटेड इन्टरनेट सुविधा निःशुल्क उपलब्ध हुनेछ। यस ‘मेगा लोकप्रिय बचत खाता’ खोल्नासाथ ग्राहकले प्राप्त गर्ने उक्त सिम कार्डमा मासिक सय रुपैयाँ मात्र रिचार्ज गर्नासाथ सम्पूर्ण प्याकेजसहितको सेवाको निरन्तरता हुनेछ।