टोकियो ओलम्पिक, जहाँ जो फेरि स्वर्ण पदक जित्न चुकेनन्

टोकियो ओलम्पिक, जहाँ जो फेरि स्वर्ण पदक जित्न चुकेनन्
+
-

ओलम्पिक  खेलकुदमा पदक जित्न सजिलो छैन। कुनै खेलाडीका लागि मात्र नभएर देशका लागि पनि एउटा पदक जित्नु  पनि सामान्य हुँदैन।

आइतबार सकिएको टोकियो ओलम्पिक खेलकुद २०२० कै कुरा गर्ने हो भने ६५ देशले मात्र कम्तीमा एउटा स्वर्ण जिते अनि ९३ देशले मात्र पदक जित्न सफल भए। प्रतियोगितामा २ सय ५ देश र शरर्णाथी टोली सहभागिता रहेको थियो।

अमेरिकाका पौडी खेलाडी केलब ड्रेसलले ५ वटा स्वर्ण हात पारे। अस्ट्रेलियाकी पौडीबाज एम्मा म्याकियन ४ स्वर्णसहित ७ मेडल जितेर गृष्मकालिन ओलम्पिक खेलकुदको इतिहासँमै एकै संस्करणमा सबैभन्दा धेरै पदक जित्ने महिला खेलाडीका रुपमा जिम्न्यास्ट मारिया गोरोखोभ्सकायाको विश्व कीर्तिमान बराबरी गर्न सफल भइन्।

न्यूजिल्यान्डकी पौडीबाज केली म्याकियनले पनि ३ स्वर्ण र एक कास्यसहित ४ पदक जितिन्। नेदरल्यान्ड्सकी एथलेटिक्स खेलाडी सिफन हसनले दुई स्वर्णसहित तीन पदक जितिन्।

एकभन्दा बढी स्वर्ण र पदक जित्ने खेलाडीको सूचि पनि लामै रह्यो। अमेरिका स्वर्ण र पदक दुवै हिसाबमा लगातार तेस्रोपटक धेरै जित्ने टोली बन्यो।

यहाँ टोकियो ओलम्पिकमार्फत स्वर्ण पदक रक्षा गर्न सफल खेलाडीको बारेमा कुरा गर्न खोजिएको हो। चार वर्षअघि ब्राजिलको रियो दि जेनेरियोमा आयोजित ओलम्पिकमा स्वर्ण पदक जितेका केही खेलाडी तथा टिमले त्यही स्पर्धामा त्यही पदकलाई टोकियो ओलम्पिकमा पनि निरन्तरता दिएका छन्।

प्रतियोगिताको अन्तिम दिन आइतबार मात्र पुरुष म्याराथनमा एल्युड किप्चोगेले स्वर्ण पदक रक्षा गरे। म्याराथन सबैभन्दा छिटो दौडने विश्व कीर्तिमानीसमेत रहेका किप्चोगे ओलम्पिक इतिहासमा पुरुष म्याराथनको स्वर्ण रक्षा गर्ने केवल तेस्रो र ४१ वर्षयता पहिलो खेलाडी हुन्।

आइतबार नै भएको अर्को प्रतिस्पर्धामा विजेता बन्दै अमेरिकी महिला बास्केटबल टोली लगातार सातौँपटक स्वर्ण जित्न सफल भयो। अमेरिकी महिला बास्केटबल टोलीले ओलम्पिकका कुल ११ सहभागितामा ९ पटक स्वर्ण पदक जितेको छ। अमेरिकाकै पुरुष बास्केटबल टोली पनि लगातार चौथोपटक स्वर्ण जित्न सफल भयो। उसले हालसम्म १६ पटक ओलम्पिक स्वर्ण जितेको छ।

अमेरिकी धाविका एलिसन फेलिक्सले महिलाको चार सय मिटर चार गुणा रिलेमा  लगातार चौथोपटक ओलम्पिक स्वर्ण जितिन्। ३५ वर्षीया फेलिक्सले विभिन्न स्पर्धामा गरि ओलम्पिक खेलकुदमा हालसम्म ७ स्वर्णसहित ११ पदक जितेकी छिन्। कुनैपनि अमेरिकी एथलेटिक्स खेलाडीले ओलम्पिक खेलकुदमा यति धेरै पदक जित्न सकेको छैन। यसअघि कार्ल लेविसले १० वटासम्म पदक जितेका थिए। अमेरिकाले महिलाको वाटर पोलोमा लगातार तेस्रोपटक स्वर्ण पदक हात पार्‍यो।

पुरुषतर्फको म्याराथनमा स्वर्ण पदक जितेका केन्याका एलियुड किपचोगे।

पुरुष फुटबलमा ब्राजिलले पनि स्वर्ण पदक रक्षा गर्‍यो। यसपटक उसले फाइनलमा स्पेनलाई अतिरिक्त समयमा पुगेर हराएको थियो। पौडीबाज ड्रेसेलले पनि एक सय मिटर चार गुणा रिले फ्रिस्टाइल र एक सय मिटर चार गुणा मेड्लीमा स्वर्ण पदक रक्षा गरेका हुन्। उनले अघिल्लो ओलम्पिकमा २ स्वर्ण जितेका थिए।

एम्माले पनि एक सय मिटर चार गुणा फ्रि स्टाइलमा स्वर्ण रक्षा गरेकी हुन्। उनले रियो ओलम्पिकमा एक स्वर्ण, २ रजत र एक कास्य जितेकी थिइन्। केन्याकी फैथ किपिगनले पनि महिला १५ सय मिटरमा स्वर्ण पदक जितिन्। यसपटक उनले ओलम्पिककै कीर्तिमानी समयसहित पहिलो स्थान हात पारेकी हुन्। जमैकाकी एलाइन थम्पसन हेराह महिला एक सय मिटरमा लगातार दोस्रोपटक स्वर्ण जित्न सफल भइन्। एथलेटिक्सको महिला स्प्रिन्टमा कम्तिमा दुईवटा स्वर्ण पदक जित्ने उनी इतिहाँसकै चौथो खेलाडी हुन्।

जेसन केन्नी ओलम्पिक खेलकुदमा बेलायतका लागि सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी बने ।

उनले टोकियो‌ ‌‌ओलम्पिक खेलकुदको ट्रयाक साइक्लिङअन्तर्गत केइरिनमा स्वर्ण पदक  जिते र प्रतियोगिताको इतिहासमा आफ्नो स्वर्ण पदकको स‌ंख्यालाई ७ पुर्‍याए। यसअघि कुनै पनि बेलायती खेलाडीले ओलम्पिक खेलकुदमा यति धेरै स्वर्ण पदक जित्न सकेको छैन।

केन्नीले ओलम्पिक खेलकुदमा हालसम्म ट्रयाक साइक्लिङको स्प्रिन्ट (२०१२ र २०१६) र केइरिन (२०१६ र २०२०)मा दुई/दुई स्वर्ण जितेका छन्। यसैगरि स्प्रिन्टको टिम स्पर्धामा २००८, २०१२ र २०१६ मा गरी तीनपटक स्वर्ण पदक जितेका छन‍्। उनले यसपटक टिम स्प्रिन्टमा रजत पदक जितेका छन्। सन् २००८ मा स्प्रिन्टमा रजत पदक जितेका थिए।उनले ओलम्पिक खेलकुदमा हालसम्म ७ स्वर्ण र दुई रजतसहित ९ पदक जितेका छन्।

केन्नीकी श्रीमती लउरा भने यसपटक रजत पदकमा सीमित भइन्। उनी ट्रयाक साइक्लिङको ‌‌ओम्नियममा दोस्रो भएकी हुन्। उनले सन् २०१२ र २०१६ को ओलम्पिक खेलकुदमा यस स्पर्धामा स्वर्ण पदक जितेकी थिइन्। ओलम्पिक खेलकुदमा लउरा बेलायतकी सर्वाधिक सफल महिला खेलाडी ह‍ुन्। उनले प्रतियोगिताको इतिहासमा ५ स्वर्ण र एक रजत जितेकी छिन्। जापानका सोहोई ओनोले जुडोको पुरुष ७३ केजी तौल समूहमा स्वर्ण पदक रक्षा गरे। उनी यो तौल समूहमा लगातार ओलम्पिक स्वर्ण जित्ने पहिलो जुडो खेलाडी बने।

टेबल टेनिसको पुरुष एकलतर्फ चिनका मा लङले लगातार दोस्रोपटक स्वर्ण पदक जिते र ओलम्पिक खेलकुदमा यस्तो सफलता हात पार्ने पहिलो पुरुष टेबल टेनिस खेलाडी बने। माले चिनियाँ खेलाडीलाई नै हराएर पहिलो स्थान हात पारेका हुन्।

ओलम्पिकअन्तर्गत  टेबल टेनिसको पुरुष एकलको फाइनलमा चीनका दुवै खेलाडी लगातार चौथोपटक पुगेको यो लगातार चौथोपटक हो।माले रियो ओलम्पिक र लन्डन ओलम्पिकमा पुरुष टिम स्पर्धामा पनि स्वर्ण पदक जितेका थिए। टेबल टेनिसको महिला टिम स्पर्धामा पनि चीनले लगातार चौथोपटक स्वर्ण पदक जितेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?