लुम्बिनीः एमाले सांसद शाही चार दलीय गठबन्धनको पक्षमा

लुम्बिनीः एमाले सांसद शाही चार दलीय गठबन्धनको पक्षमा
+
-

बुटवल– नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको निर्णय विपरीत एक सांसद संसद् बैठकमा सहभागी भएका छन्।

एमालेको संसदीय दलको बैठकले आजको संसद् बैठक बहिष्कार गर्ने निर्णय गरेपनि सांसद अजय शाही भने बैठकमा सहभागी भए। सदनमा सत्तापक्षको कुर्सीमा उनी मात्रै थिए। उनले नवलपरासी पश्चिम १ (ख)बाट सूर्य चिन्हबाट चुनाव जितेका थिए।

शाही चार दलीय गठबन्धनको पक्षमा आएको र उनलाई गठबन्धनले स्थान दिने कांग्रेस दलका नेता विरेन्द्र कानोडियाले जानकारी दिए।

त्यस्तै एमालेका संसदीय दलका नेतासमेत रहेका शंकर पोखरेलले अल्पमतमा परेसँगै आज राजीनामा दिएका थिए। राजीनामा दिएर संसद् बैठकमा अविश्वासको प्रस्ताव छलेर बैठक नै बहिष्कार गरेको एमालेका शाही भने बैठकमा सहभागी भए।

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव संसद्‌मा पेश भएर निर्णयार्थ प्रस्तुत नभई मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष दिएको राजीनामाको ब्यहोरा सुनाएर सकिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?