
काठमाडौँ– ओपोले स्मार्टफोनका लागि लक्षित आफ्नो नेक्स्ट—जेनेरेसन अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रविधि सार्वजनिक गरेको छ।कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै नेक्स्ट—जेनेरेसन अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रविधि सार्वजनिक गरेको जानकारी दिएको हो।
कम्पनीका अनुसार हार्डवेयर नवप्रवर्तन र ओपोको स्वामित्वका एआई अल्गोरिदमको संयुक्त उपयोग गरी निर्मित नयाँ अन्डर—स्क्रिन क्यामेरा सोल्युसनले सावधानीपूर्वक फ्रन्ट फेसिङ क्यामेरालाई स्मार्टफोन डिस्प्लेको मुनि प्रयोग वा स्ट्यान्डबाई दुवै अवस्थामा समग्र स्क्रिनको मज्जा लिन सकिने तरिकाले स्थापित गराएको छ। यसले प्रयोगकर्तालाई स्क्रिनको गुणस्तर र क्यामेराले खिच्ने दृश्यको गुणस्तरमा सटीक सन्तुलन र बिनासम्झौता एकरुपता प्रदान गर्ने कम्पनीको दावी छ।
यो नयाँ अन्डर—स्क्रिन क्यामेरा सोल्युसनले अन्डर स्क्रिन क्यामेराको, विकासक्रमको सुरुवाती अवस्थादेखि समस्याका रूपमा आइरहेका रोकावटको समाधानार्थ विभिन्न प्राविधिक र उत्पादनसम्बन्धी चुनौतीको विकल्प तथा समाधान उपलब्ध गराएको छ।
अन्डर—स्क्रिन क्यामेरामाथिको स्क्रिन क्षेत्रमा देखिने अस्थिर डिस्प्ले गुणस्तर, क्यामेरालाई स्क्रिनले छोपेका कारण देखा पर्ने न्यून गुणस्तरीय तस्बिर तथा उत्पादनप्रतिको विश्वसनियता, टिकाउपनलगायत समस्याका समाधान पनि यसले उपलब्ध गराएको छ। नयाँ अन्डर स्क्रिन क्यामेरा प्रविधिले फूल स्क्रिन अनुभवलाई नयाँ उचाइ प्रदान गर्ने क्षमता बोकेको कम्पनीले जनाएको छ।