
काठमाडौँ – सनराइज बैंक लिमिटेडले बैँकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैँकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ।
सोही क्रममा बैंकले सुदूरपश्चिम प्रदेश, कैलाली जिल्लाको चुरे गाउँपालिका–५, खानीडाँडामा ८४ औं शाखारहित बैँकिङ सेवा शुभारम्भ गरेको छ। त्यसैगरी, गत साता बैंकले बाग्मती प्रदेश, नुवाकोट जिल्लाको विदुर नगरपालिका–१२ गौरीबेंसीमा ८३ औं गरी थप १ शाखारहित बैंकिङ सेवा सुरु गरेको थियो।
सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८४ पुगेको छ। बैंकले उक्त स्थानमा सेवा सञ्चालनका लागि खानीडाँडाकी स्थानीय व्यवसायी कविता जिसी भाट र गौरीबेंसीका रवीन्द्र घिमिरेलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ।
शाखारहित बैँकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत सेवा उपयोग गर्न सकिने बैंकले जनाएको छ।