लुम्बिनी प्रदेश सरकारले गर्‍यो ८ वटा निर्णयहरु

लुम्बिनी प्रदेश सरकारले गर्‍यो ८ वटा निर्णयहरु
+
-

बुटवल – नवगठित लुम्बिनी प्रदेश सरकारले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्ब फेर्नुपर्ने बिरामीलाई उपचारका लागि थप २ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

यसअघि १ लाख रुपैयाँ पाइरहेकामा थप २ लाख रुपैयाँ उपचार खर्च दिने निर्णय नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दए।

यस्तै, सरकारले कोभिड १९ का बिरामीको उद्धार गर्न हटलाइन र एम्बुलेन्सको व्यवस्था गर्ने र त्यस्तो खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ।

प्रदेश सरकारले गरेका ८ निर्णय

१. प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली, २०६५ स्वीकृत गर्ने।
२. कोभिड –१९ का बिरामीको तत्काल उद्धार गर्न हटलाइन र सवारीसाधन (एम्बुलेन्स) को व्यवस्था गर्ने र सो को खर्च प्रदेश सरकारले व्यहोर्ने।
३. कोराना प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरमार्फत एन्टिजेन टेस्टको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने।
४.कोभिड– १९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने।
५.प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्कालाई तोक्ने।
६. मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गर्ने।
७. क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फेर्नुपर्ने बिरामीलाई उपचारका लागि हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फबाट थप २ लाखका दरले उपलब्ध गराउने।
८. मातृमृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको भागको आधारमा एक–एक वटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिनसहित तालिमप्राप्त नर्स उपलब्ध गराउने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?