कमला नदीको पानीलाई व्यवस्थित गर्न नेपाल र अस्ट्रेलिया सरकारबीच साझेदारीको समझदारी

कमला नदीको पानीलाई व्यवस्थित गर्न नेपाल र अस्ट्रेलिया सरकारबीच साझेदारीको समझदारी
+
-

काठमाडौँ – नेपाल र अस्ट्रेलिया सरकारबीच कमला नदीको स्टेट अफ दी बेसिन प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ।

काठमाडौंस्थित होटल याक एन्ड यतिमा शुक्रबार भएको कार्यक्रममा नेपाल सरकारको तर्फबाट ऊर्जा तथा जलस्रोत सचिव सागरकुमार राई र अस्ट्रेलिया सरकारको तर्फबाट नेपालका लागि राजदूत फेलिसिटी बोल्कले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

नेपाल सरकारको जल तथा ऊर्जा आयोग र अस्ट्रेलिया सरकारको सिसिरो संस्थाबीच सम्झौता भएको सचिव राईले बताए। उनले यसमा अन्य जेभीएस र पीआई संस्था पनि रहेको बताए।

सचिव राईले ४ वर्षको दौरानपछि कमला नदीको पानीलाई कसरी व्यवस्थित रुपले प्रयोग गर्न सकिन्छ र वातावरणको हिसाबमा, चुरे दोहन रोक्नेलगायत हिसाबमा कमला नदी स्टेट अफ दी बेसिन प्लान तयार भएको बताए।

उनले यो समझदारी पत्रले चुरे क्षेत्रको संरक्षणमा कसरी काम गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको बताए।

उनले भने, ‘नेपाल सरकारको जल तथा ऊर्जा आयोग र अस्ट्रेलिया सरकारको सिसिरो भन्ने संस्थासँग मिलेर हामीले सम्पन्न गरेका हौँ र यसमा अरू जेभीएस र पीआई भन्ने संस्था पनि संलग्न छन्, यो ४ वर्षको दौरानपछि के–कसरी कमला नदीको पानीलाई व्यवस्थित रुपले प्रयोग गर्न सकिन्छ र वातावरणको हिसाबले, बाढी–पहिरो रोक्ने, चुरे संरक्षण गर्ने सबै कुराले गर्दा कमला रिभर बेसिन स्टाटेजी प्लान तयार भएको छ, यो अत्यन्त महत्वपूर्ण छ, यसले चुरे क्षेत्रको संरक्षणमा कसरी काम गर्ने, कमला रिभर बेसिनमा पानीलाई कसरी धेरैभन्दा धेरै रिचार्ज हुने, पानी सञ्चित हुने र पानीको मात्रा बढाउने विषयमा दिशा निर्देश गर्छ, त्यहाँ भएका जमिनमा धेरै सिँचाइ कसरी हुन्छ र त्यहाँ भएका स्थानीय जनताको आयस्रोत बढाउने भन्ने विषयमा काम गर्छ।’

जल तथा ऊर्जा आयोग सचिवालयका सचिव मणिराम गेलालले अस्ट्रेलियाले नेपाललाई लगातार सहयोग गरिरहेको बताए।

उनले अस्ट्रेलियाले जल तथा ऊर्जा क्षेत्र र कमला नदी बेसिनको क्षेत्रमा ५ वर्षयता निरन्तर सहयोग गरिरहेको स्मरण गरे।

उनले भने, ‘अस्ट्रेलिया सरकारले निरन्तर नेपाल सरकारलाई सहयोग गरिरहेको छ, त्यसमाथि पनि अस्ट्रेलिया सरकारले ५ वर्ष कमला नदीको स्टेट अफ दी बेसिनमा सहयोग गर्नेछ।’

त्यसैगरी, नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी बोल्कले यो सम्झौता जल तथा ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण रहेको बताए।

उनले जल तथा ऊर्जा क्षेत्रमा नेपाल र अस्ट्रेलियाबीचको यो सम्झौता अविष्मरणीय रहेको बताए।

उनले भने, ‘यो अस्ट्रेलिया र नेपाल सरकारका लागि एकदमै महत्वपूर्ण छ, कमला नदी बेसिनले कृषि क्षेत्र, त्यहाँका बासिन्दाको आर्थिक स्तरोन्नति र चुरे क्षेत्रमा व्यवस्थापन गर्नेछ।’

उनले यस समझदारीले स्थानीय आर्थिक समृद्धि तथा जीविकोपार्जनको सुरक्षाका लागि व्यावसायिक तथा वैज्ञानिक कृषिमा जोड दिने उल्लेख गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?