नबिल बैंकको एटीएममार्फत रकम जम्मा पनि गर्न सक्ने सुविधा

नबिल बैंकको एटीएममार्फत रकम जम्मा पनि गर्न सक्ने सुविधा
+
-

काठमाडौं – नबिल बैंकले ‘नबिल क्यास मेसिन’ जारी गरेको छ। आधुनिक बैंकिङ युग सुरु गर्नेतर्फ केन्द्रित हुँदै यस ‘नबिल क्यास मेसिन’ ले ग्राहकलाई एटीएममार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ।

नबिल बैंकको तीनधारा र पुल्चोक शाखाबाट यो प्रविधि सुरु गरेको छ। अब ग्राहकले मेसिनमा एक हजार, ५ सय, एक सयको नेपाली रुपैयाँ जम्मा गर्न सक्नेछन् भने एक पटकमा ९९ हजार नौ सय जम्मा गर्न सक्नेछन्।

साथै, यसमार्फत नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्नेछन्। साथै, यसमार्फत ग्राहकले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्नेछन्।

बैंकको देशभर १३५ वटा शाखा कार्यलय, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गर्दै आएको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?