
बुटवल – प्रतिपक्षी दल एमालेले निरन्तर संसद अवरोध गरेपछि बिहीबार बोलाइएको लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ।
अर्को बैठक यही भदौ ७ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एमालेले आफूले कारबाही गरेका २ सांसद अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ।
शाही हृदयेशकुमार त्रिपाठीको स्वतन्त्र समूहबाट सूर्य चुनाव चिन्ह लिएर चुनाब जितेका थिए भने वली नेकपाबाट सूर्य चुनाव चिन्हबाट चुनाब जितेकी थिइन्।
शाहीले आफू स्वतन्त्र समूहबाट चुनाव जितेकाले एमालेको ह्वीप नलाग्ने बताउँदै आएका छन् भने वलीले माओवादी केन्द्र रोजेको बताइएकी थिइन्।