लुम्बिनी प्रदेशसभा सचिवालयको एमालेलाई पत्र–सांसद शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन

लुम्बिनी प्रदेशसभा सचिवालयको एमालेलाई पत्र–सांसद शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन
+
-

बुटवल – लुम्बिनी प्रदेशसभा सचिवालयले एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने भन्दै पत्र पठाएको छ ।

एमालेले प्रदेशका २ सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई दलको आचारसंहिता, विधान र ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्र बुझाएको थियो।

पत्र बुझ्दै सभामुख पूर्णबहादुर घर्तीले पत्रअनुसार अध्ययन गरेर प्रक्रिया अघि बढाउने बताएका थिए।

एमालेले कारबाही गरेर पदमुक्त गर्न भनेका सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको ब्यहोराको पत्र एमालेलाई पठाएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताए।

‘सभामुखले अध्ययन गर्दा पदमुक्त गर्न नमिल्ने देखिएपछि सभामुखले पदमुक्त गर्न मिल्दैन भन्ने निर्णयको ब्यहोरा एमालेलाई पठाइएको हो’, उनले भने।

उनका अनुसार एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको ब्यहोरा एमालेलाई जानकारी गराइएको हो।

प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण प्रदेशसभा सचिवालयमा बुझाएको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?