लागु औषध राखेर फसाउने प्रकरणमा मुछिएका एसपी शाहले जिल्ला छाडे

लागु औषध राखेर फसाउने प्रकरणमा मुछिएका एसपी शाहले जिल्ला छाडे
+
-

काठमाडौँ- निर्दोष व्यक्तिलाई लागु औषध राखेर फसाउन खोजेको प्रकरणमा मुछिएका रौतहटका प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जिल्ला छाडेका छन्। बुधबार बिहान उनी काठमाडाैँतर्फ लागेका हुन्।

उनलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको छ। घटनाको छानबिन गर्न एसएसपी कृष्ण महतको संयोजकत्वमा चार सदस्यीय समिती गठन गरेर शाहलाई जिल्ला प्रमुखको जिम्मेवारीबाट मुक्त गरिएको हो।

रौतहटको नयाँ प्रहरी प्रमुखमा कसलाई पठाउने भन्नेबारे निर्णय भइनसकेको प्रहरी हेडक्वार्टर स्रोतले जानकारी दिएको छ।

यस प्रकरणमा दुई जना प्रहरी निलम्बित भइसकेका छन्। रौतहटका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई प्रहरीले नै लागु औषध राखेर समातेको थियो।

तर सिसिटिभि फुटेजमा उक्त कुरा खुलेपछि प्रहरीले दुई दिनअघि मोजिबुल्लाहसहित दुई जनालाई छाडेको थियो।

घटनामा संलग्नता रहेको दाबी गरिएका रौतहटकै अर्का पत्रकार सन्जय सहनीले एसपी शाहसँगको टेलिफोन सम्वादको क्लिप बाहिर ल्याएपछि जिल्ला प्रहरी प्रमुखको भूमिकासमेत शंकास्पद देखिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?