सेवाग्राहीकै पैसा राखेर अख्तियारको स्टिङ अप्रेसन, देशभर चार महिनामा १० घटना

सेवाग्राहीकै पैसा राखेर अख्तियारको स्टिङ अप्रेसन, देशभर चार महिनामा १० घटना
+
-

काठमाडौँ- प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाइ, डोल्पाका प्रमुख हसमुल्लाह मुसलमानलाई गत बैशाख १४ गते सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइरहेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गर्‍यो। अनुदानबापतको रकम उपलब्ध गराउन मुसलमानले सेवाग्राहीसँग पैसा मागेको अख्तियारको दावी थियो।

भारतबाट सामान ल्याउनेसँग पैसा मागेको आरोपमा अख्तियारले बुधबार शसस्त्र प्रहरीका वरिष्ठ हवल्दार राजीशरण शाहलाई ५ हजार रुपैयाँ घुससहित रङ्गे हात पक्राउ गर्‍यो। सिमा सुरक्षामा खटिएका हवल्दार शाह  महोत्तरीको गौशालाबाट पक्राउ परेका हुन्। घरायसी प्रयोजनका लागि भारतबाट सामान लिएर आएका एक व्यक्तिसँग शाहले पैसा लिएको आरोप अख्तियारको छ।

सर्वोच्च अदालतले अख्तियारले आफैले पैसा राखेर गर्दै आएको स्टिङ अप्रेसनमा रोक लगाउने आदेश दिएपछि माथिका दुई घटना अख्तियारद्धारा सन्चालित स्टिङ अप्रेसनका पहिलो र पछिल्लो घटना हुन्। सर्वोच्च अदालतले गत बैशाख ८ गते अख्तियारले आफ्नो पैसा सेवाग्राहीलाई दिएर सन्चालन गर्ने गरेको स्टिङ अप्रेसनमा रोक लगाउने आदेश गरेको थियो।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले उक्त आदेश गरेको थियो। आयोगको नियमावलीको नियम ३० मा रहेको अख्तियार आफैले घुस रकम उपलब्ध गराएर स्टिङ अप्रेसन गर्न सक्ने व्यवस्था खारेज गर्न आदेश दिइएको हो।  आयोगले आफै घुस रकम उपलब्ध गराएर गर्ने स्टिङ अप्रेसनले व्यक्तिको स्वतन्त्रता र मर्यादामा आँच पुर्‍याउने र संविधानले सुनिश्चित गरेका गोपनीयतालगायत मौलिक हकको हनन समेत हुनेभन्दै अधिवक्ता विष्णुप्रसाद घिमिरेले २०७४ पुस ९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

त्यसयता पनि अख्तियारले स्टिङ अप्रेसनलाई रोकेको छैन। तर सर्वोच्चको आदेशपछि सञ्चालन भएका स्टिङ अप्रेसनमा ग्राहककै पैसा राखेर स्टिङ अप्रेसन हुने गरेको छ। आफूसँग घुस मागेपछि सेवाग्राहीले त्यसबारे सूचना दिएर अख्तियारको टोलीलाई पछाडि लगाउने गरेका छन्।

‘सेवाग्राहीसँग कुनै सरकारी कर्मचारीले घुस मागेपछि उनीहरु अख्तियारको सम्पर्कमा आउने र सेवाग्राहीलाई आफूले भनेअनुसार गर्न लगाएर प्रमाण जुटाउने काम अख्तियारले गरिरहेको छ’, अख्तियार स्रोतले भन्यो। स्रोतका अनुसार त्यसरी घुस माग्ने सरकारी कर्मचारीसँग सेवाग्राहीको सम्पर्कको अडियो रेकर्ड, भिडियो रेकर्डलगायत प्रमाणहरु जुटाएर मुद्दा बलियो बनाउन खोजिएको छ।

‘सरकारी कर्मचारीले घुस मागेदेखिको अडियो रेकर्ड सेवाग्राहीलाई जुटाउन लगाइन्छ’, अख्तियार स्रोतले भन्यो। पछिल्लो चारम महिनामा देशभर १० वटा स्टिङ अप्रेसनका घटनाहरु भएका छन्। यसबीचमा काठमाडौं उपत्यकामै अख्तियारबाट तीनवटा स्टिङ अप्रेसन सम्बन्धी घटना भएका छन्।

अख्तियारले आर्थिक वर्ष २०७६/७७ मा २ सय ५ वटा स्टिङ अप्रेसन गरेको थियो जसमा ३ सय ३१ पुरुष र १० महिलासहित ३ सय ४१ जना पक्राउ परेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?