लुम्बिनीः एमाले सांसद रमा घर्तीले रोजिन् एकीकृत समाजवादी

लुम्बिनीः एमाले सांसद रमा घर्तीले रोजिन् एकीकृत समाजवादी
+
-

बुटवल– लुम्बिनी प्रदेशसभाकी पाल्पाकी सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन्।

नेकपा एमाले विभाजन भइ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर समाजवादी पार्टी रोजेकी हुन्।

घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको कार्यालयमा जानकारी गराएकी छन्।

आयोगका प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर सनाखत भएको छ। भट्टराईले एकजना सांसदले समाजवादी रोजेको बताए।

उनका अनुसार निर्वाचन आयोगले लुम्बिनी प्रदेश सभा सचिवालयलाई यसबारे पत्राचार गरेपछि प्रदेश सभामा कायम राजनीतिक दल र प्रदेश सभा सदस्यको अभिलेख अद्यावधिक गर्न लागिएको हो।

घर्तीले समाजवादी रोजेसँगै प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संख्या ६ पुगेको छ। ८० सदस्यीय प्रदेश सभामा एमालेका ३७ सांसद थिए।

घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ भएको छ। समाजवादी रोजेकी उनी गठबन्धन सरकारमा मन्त्री बन्ने चर्चा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?