नागरिक लगानी कोष र आरोग्य डाइग्नोस्टिक सेन्टरबीच सम्झौता

नागरिक लगानी कोष र आरोग्य डाइग्नोस्टिक सेन्टरबीच सम्झौता
+
-

काठमाडौँ – नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेसलिस्ट पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालिबीच सम्झौता भएको छ। कोषका कर्मचारी र कर्मचारीका परिवार एवं कोषका कार्यक्रममा सहभागी र सहभागीका परिवारको स्वास्थ परीक्षणमा छुट दिने सम्झौता भएको हो।

सम्झौतामा बुधबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र डाइग्नोस्टिक सेन्टरका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डा राजेशदेवबीच हस्ताक्षर भएको हो।

सो अवसरमा कोषका नायब कार्यकारी निर्देशक डा इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, कामु नायब निर्देशक रोशनजंग कार्की, उपनिर्देशक अमृतबहादुर अधिकारीलगायत सहभागी थिए।

सो सेन्टरमा कोषका कर्मचारी र उनीहरूको परिवारका सदस्यलाई ल्याब सेवामा ३० प्रतिशत, दसैँ–तिहारमा ल्याब सेवामा ४० प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउन्ड र इसिजिमा २०–२० प्रतिशत, माइनर अपरेसनमा १५ प्रतिशत, चिकित्सक परामर्शमा १५ प्रतिशत, वर्षमा एक पटक फुल बडी परीक्षणमा ५५ दशमलव ५६ प्रतिशत र मुख्य अपरेसन गर्न साझेदार हस्पिटलमा विशेष छुटको व्यवस्था गरिएको सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए।

त्यसैगरी, कोषका सहभागी र उहाँहरूको परिवारका सदस्यलाई ल्याब सेवामा २५ प्रतिशत, दसैँ र तिहारमा ल्याब सेवामा ३५ प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउन्ड र इसिजीमा १५ प्रतिशत, एक्सरेमा १५ प्रतिशत, माइनर अपरेसनमा १० प्रतिशत, चिकित्सक परामर्शमा १० प्रतिशत एवं मुख्य अपरेसन गर्न साझेदार हस्पिटलमा विशेष छुट दिने सम्झौतामा उल्लेख छ। यस सम्झौताले कोषमा विभिन्न योजनामा सहभागी भएका योगदानकर्ताले लाभ लिन सक्ने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?