घरेलु मैदानमा नेपालको अन्तर्राष्ट्रिय फुटबल

जित दुर्लभ, धेरैमा बराबरी, थोरैमा हार तर विपक्षीलाई आच्छुआच्छु

जित दुर्लभ, धेरैमा बराबरी, थोरैमा हार तर विपक्षीलाई आच्छुआच्छु
+
-

काठमाडौँ – सन् २०१३ मा घरेलु मैदानमा आयोजित साफ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा चिरप्रतिद्धन्द्धी भारतलाई २-१ गोलले पराजित गर्दै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो।

सेमिफाइनलको यात्रा त एकातिर छँदै थियो त्यत्तिकै उल्लेखनीय भारतमाथीको जित पनि थियो। नेपालले २० वर्षपछि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा भारतलाई हराएको थियो र इतिहाँसमा भारतमाथि नेपालको दोस्रो जित थियो त्यो।

नेपालले त्यस साफ च्याम्पियनसिपमा भारतलाई हराउनुअघि पहिलो खेलमा बंगलादेशलाई २-० गोलले हराएको  थियो भने दोस्रो खेलमा पाकिस्तानसँग १-१ गोलको बराबरी खेलेको थियो।

सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग १-० गोलले पराजित भयो र फाइनल नपुगेको इतिहाँस सच्याउन असफल बन्यो। खेलको अन्त्यतिर रोहित चन्दले पेनाल्टी अवसर सदुपयोग गर्न नसक्नु नेपालका लागि दुर्भाग्यपूर्ण रह्यो। नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला ‘दशरथ रंगशाला’मा नेपालको त्यो प्रदर्शन समग्रमा तारिफ योग्य रह्यो।

त्यसयता नेपालले घरेलु मैदानमा ६ वटा सिनियर अन्तर्राष्ट्रिय फुटबल  खेल खेलेको छ। जसमा एउटा खेलमा मात्र हार ब्यहोरेको छ। नेपालले दशरथ रंगशालामा भएको मैत्रिपूर्ण खेलमा भारतलाई सन् २०१५ को मार्चमा गोलरहित बराबरीमा रोकेको थियो।

एसिया कपको छनोटअन्तर्गतका खेलमा ताजिकिस्तानसँग २-१ गोलको पराजय ब्यहोरेको थियो भने यमन र फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको थियो। यी खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र हल्चोक मैदानमा भएका थिए।

सन् २०१५ पछि नेपालले गत चैतमा मात्र पहिलोपटक दशरथ रंगशालामा सिनियर अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो। त्रिदेशीय आमन्त्रण फुटबल प्रतियोगितामा नेपालले पहिलो चरणमा बंगलादेशको सिनियर राष्ट्रिय टोली र किर्गिजस्तानको यू-२३ राष्ट्रिय टोलीसँग गोलरहित बराबरीमा खेलेको थियो।

फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोलले हराएको थियो। सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालले यी गोल र जित दुवै  १८ महिनापछि हात पारेको थियो। त्यसअघि अन्तिमपटक नेपालले चाइनिज ताइपेईलाई हराएको थियो, सन् २०१९ को अगस्टमा उसकै मैदानमा २-० गोलले। नेपालले बंगलादेशसँग यता पहिलोपटक घरेलु मैदानमा खेल्यो, बिहीबार भारतसँग। यो खेल नेपालले १-१ गोलको बराबरी खेल्यो। खेलमा सुरुवाती अग्रता लिएपनि नेपालले त्यसलाई जोगाउन सकेन।

तर आगामी महिना मालदिभ्समा आयोजना हुन लागेको साफ च्याम्पियनसिपको पूर्वसन्ध्यामा नेपालले हात पारेको यस सफलतालाई अर्थपूर्णरुपमा हेरिएको छ। नेपालले भारतसँग दोस्रो मैत्रिपूर्ण खेल  आगामी आइतबार खेल्दै छ।

साफ च्याम्पियनसिपको भारत सर्वाधिक ७ पटकको विजेता हो। नेपालले एकपटक पनि जित्न सकेको छैन। नेपालले घरेलु मैदानमा भारतसँग ३ खेलयता हारेको छैन। तर सन् २०१३ यता नेपाल र भारतबीच ७ पटक प्रतिस्पर्धा भएको छ जसमा नेपालले जित्न सकेको छैन।   नेपालले ४ हार र तीन बराबरीको नतिजा निकालेको छ। नेपालले हालसम्म भारतसँग २० खेल खेलेको छ जसमा १३ हार, ५ बराबरी र २ जितको नतिजा निकालेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?