रुपन्देहीमा ज्यान गुमाएकी युवतीको आत्महत्या नभई हत्या भएको माइतीपक्षको आरोप

रुपन्देहीमा ज्यान गुमाएकी युवतीको आत्महत्या नभई हत्या भएको माइतीपक्षको आरोप
+
-

बुटवल– रुपन्देहीको तिलोत्तमामा एक महिलाको आत्महत्या नभई हत्या भएको माइतीले आरोप लगाएका छन्।  तिलोत्तमा ५ की सीता भण्डारी पौडेलको मृत्यु आत्महत्याका कारण नभई हत्या नै भएको माइती पक्षले आरोप लगाएका हुन्।

गत भदौ २० गते बिहान सीता भण्डारीको शव पासो काटेको अवस्थामा फेला परेको थियो। सीता भण्डारी पौडेलका बुवा हरिप्रसाद भण्डारीले ज्वाइँ टिका पौडेलले योजनाबद्ध रुपमा छोरीको हत्या गरी घटना लुकाउन आत्महत्याको प्रपन्च रचेको बताए।

उनले छोरीको शरीरमा निलडाम देखिएको, झुण्डिएको भनिएको स्थानको उचाइ, छोरीको घाटीको दायाँतर्फ मात्र चुन्नीको गाँठो कसिएको अवस्थामा घोप्टो पारी भुइँमा पल्टाइ राखेको अवस्थामा भेटिएकाले भने छोरीको कुटपिट गरी बेहोस बनाएर हत्या गरेको दाबी गरे।

४३ वर्षीय टीका पौडेल र २७ वर्षीय सीता भण्डारी पौडेलको २ वर्षअघि मागी विवाह भएको थियो। विवाहपछि उनीहरु पाल्पा तानसेनमा दि दरबार रिसोर्ट नामको होटल सञ्चालन गर्दै आएका थिए।

उनीहरु दुवै जना तीजलाई भन्दै ६ गते पाल्पाबाट घर तिलोत्तमामा आएका थिए। घर एक दिन बसेपछि सीता ७ भदौमा तिलोत्तमा ४ नं. मा रहेको माइती गएकी थिइन्। हत्या हुनुभन्दा १ दिनअघि १९ भदौमा ज्वाइँ टिकाले भतिजको जन्मदिन छ भनेर सीतालाई घर बोलाएको माइती पक्षको भनाइ छ।

‘भतिजको जन्मदिन छ भनेर फोन गरेपछि १९ गते दिउँसो छोरी घर आइन्। घर पुगेपछि के खटपट भएछ हामीलाई पनि थाहा भएन,’ सीताका बुवा हरिप्रसाद भण्डारीले भने, ‘त्यहि साँझ साढे ६ बजे एक्कासी ज्वाइँ आएर तपाईंकी छोरी अब बितरा पर्ने भई, मैले त आनन्दको जिन्दगी जिउँछु भनी धम्कीपूर्ण कुरा गरेर घर गए। यो कुराले पनि हत्या हुनु एक दिनअघि छोरीज्वाइँ बीच खटपट देखिन्छ।’

ज्वाइँ टीका र उनकी दिदी विष्णु पौडेलले योजनाबद्ध ढंगले सीताको हत्या गरे पनि पैसा र पावरको भरमा केटा पक्षका परिवारले पोष्टमार्टम रिपोर्टमा भने सीताको हत्या नभई आत्महत्या हो भन्ने बनाएको आरोप उनले लगाए। शरीरभरी निलडाम र केही चोटहरु भएपनि पैसा र पावर देखाएर हत्यालाई आत्महत्या बनाई रिपोर्ट बनाएको उनको भनाइ छ।

उनले छोरीको पोष्टमार्टम रिपोर्टमा आत्महत्या उल्लेख भएकै कारण प्रहरीले जाहेरी दर्ता समेत गर्न नमानेको बताए। ‘हामीले घटनाको यथार्थ बाहिर ल्याउन माग गरेका छौँ। सत्यतथ्य के हो? प्रहरीले नै उजुरी दर्ता नगरेपछि हामी कहाँ जाने?’ उनले भने।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख नायब उपरीक्षक मदन कुँवरले पोष्टमार्टम रिपोर्टमा आत्महत्या गरेको देखिएकाले किटानी जोहरी लिन नसकिने बताए। घटनाक्रमलाई नियाल्दा श्रीमान्‌को व्यवहारले आत्महत्या गर्न बाध्य पारेको हुनसक्ने भन्दै अनुसन्धान त्यहीअनुसार गरिएको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?