
काठमाडौँ–बाग्मती प्रदेशसभामा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा नेकपा एमालेका ५६ सांसदमध्ये १३ जनाले सनाखत गराएका छन् ।
निर्वाचन आयोगले नयाँ दलका पक्षमा सनाखतका लागि दिएको समयसीमा भित्र समाजवादीका पक्षमा १३ जना आधिकारिक उभिएका हुन् ।
एमाले छोडेर समाजवादीका पक्षमा उभिएकी मिना ज्ञवाली नेपालका अनुसार उनीसहित राजेन्द्र पाण्डे, कृष्णप्रसाद खनाल, मुनु सिग्देल, रमा आलेमगर, बसुन्धरा हुमागाई,लक्ष्मण लम्साल, माधव पौडेल, पार्वती सिलवाल, वसन्त मानन्धर,कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठ समाजवादीका पक्षमा उभिएका हुन् ।
साथै यो प्रदेशमा ३२८ स्थानीय जनप्रतिनिधि समाजवादीका पक्षमा उभिएका छन् ।