
काठमाडाैँ – गायक जगदीश समालको स्वरमा समावेश प्रेमिल शैलीको नयाँ गीत ‘देखेँ जब उनीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा शब्द गीतकार तथा फिल्म निर्मात्री अनु शाहको छिन्। नारायण सुवेदी आभाषले संगीतवद्ध गरेको यस गीतमा फणिन्द्र राईले संगीत संयोजन गरेका छन्।
अमेरिकामै सम्पूर्ण छायांकन भएको म्युजिक भिडियोमा प्रजिना वाग्ले र प्रकाश थापा फिचर्ड छन्। जयसन फोटोग्राफी र बीबी लामिछानेले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।
राजन उप्रेतीको निर्देशनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो। यसअघि गायक समाल, गीतकार शाह र संगीतकार सुवेदीको सहकार्यमा रहेको ‘तिम्रो प्यारमा छु’ दर्शक–श्रोतामाझ लोकप्रिय छ।