
काठमाडौँ – साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेलाई निरन्तरता दिइएको छ।
वित्तीय संस्थाको सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले ०७८ असोज १ गतेबाट लागू हुनेगरी थप ४ वर्ष (दोस्रो कार्यकाल) का लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
उनले उक्त संस्थामा स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार सम्हाल्दै आएका छन्। गोरखा नगरपालिका–६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर तथा १.३२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश घोषणा गरेको छ।
वित्तीय संस्थाले ०७८ साउन मसान्तसम्म ४ वटा प्रदेशका ३० जिल्लामा ७७ शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ।