विश्व खाद्य दिवस महिनाव्यापी रूपमा मनाइने

विश्व खाद्य दिवस महिनाव्यापी रूपमा मनाइने
+
-

काठमाडौँ – यस वर्षको विश्व खाद्य दिवस महिनाव्यापी रूपमा मनाइने भएको छ। काठमाडौंमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा फुड फर्स्ट  इन्फरमेसन एन्ड एक्सन (एफआइएएन) की कार्यक्रम संयोजक लइनी गुरुङले विश्व खाद्य दिवस महिनाव्यापी रूपमा मनाउने जानकारी दिइन्।

उनले खानाका लागि खेतीपातीका महत्वपूर्ण सवालमा महिनाव्यपी संवाद तथा अन्तरक्रिया कार्यक्रम पनि राखिएको बताइन्।

कार्यक्रम संयोजक गुरुङले सरकारले १० वर्षमा देशको खेती प्रणाली जैविक बनाउने प्रतिज्ञा बिर्सिएको र प्रदेश तथा पालिकाहरूले पनि यसमा उत्साह नदेखाएको बताइन्।

गुरुङले भनिन्, ‘हामीले चाहेमा घातक रासायनिक विषदीरहित खेतीपातीबाट विषमुक्त र पोषणयुक्त खाना सबै र सधैँका लागि उपलब्ध गराउन सक्छौँ भन्नेमा दृढ अठोट लिन र निरन्तर प्रयासरत रहन यो दिवसले हामी सबैमा उत्प्रेरणा जगाओस् भन्न चाहन्छाैँ।’

प्रदेश र पालिकाहरूले यस विषयमा धेरै उत्साह नदेखाएको उनले बताइन्। संयोजक गुरुङले १४औँ विश्व खाद्य दिवसको महिनाव्यापी कार्यक्रममा सबै नेपाली भोको रहनु नपर्ने र पर्याप्त खाना खान पाउनेलगायत आधारभूत खाद्य अधिकार, समाजका संरचनात्मक विभेद अन्त्य गर्ने कुरामा केन्द्रित हुने जानकारी दिइन्।

उनले कोरोना महामारीको जोखिमसँगै खाद्य तथा कृषि प्रणालीको सुधारका प्रयत्न भइरहेको बताइन्। यस वर्ष हाम्रो पहलः सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण भन्ने नारासहित ४१ औँ विश्व खाद्य दिवस मनाउन लागिएको छ। सन् १९७९ देखि सुरु भएको विश्व खाद्य दिवस नेपालले ४ दशकयता मनाउँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?