आइओटी इन्कर्पाेरेसनले ल्यायो यसकार्ट डटकम

आइओटी इन्कर्पाेरेसनले ल्यायो यसकार्ट डटकम
+
-

काठमाडौँ – आइओटी इन्कर्पाेरेसनले इकमर्स साइट यसकार्ट डटकम सार्वजनिक गरेको छ। काठमाडौँमा शुक्रबार सार्वजनिक यस साइटमार्फत ग्राहकले आफूलाई आवश्यक सामान अनलाइन खरिद गर्न सक्नेछन्। शारदा ग्रुपकै एउटा अंगका रूपमा यो साइट सञ्चालन गरिएको संस्थाका बजार व्यवस्थापक प्रमुख सरल आचार्यले जानकारी दिए।

यसकार्टमार्फत नेपालको डिजिटल अर्थतन्त्रलाई रुपान्तरण गरी बिक्रेता र उपभोक्ताबीच अनलाइन सपिङलाई सहजीकरण गराउने मुख्य उद्देश्य रहेको उनले बताए।

यसकार्टले दैनिक उपभोग्य सामग्रीका साथै टप ब्रान्डका मोबाइल, ग्याजेटलगायत सामान उपलब्ध गराउनेछ। साओमी, सामसुङ, रेडमी, एलजी कम्पनीका उत्पादन, केटिएम सिटी, नाइक, कन्भर्सजस्ता टप ब्रान्डका गुणस्तरीय सामग्री उपलब्ध गराउने जनाएको छ।

यस साइटमा विभिन्न अनलाइन पेमेन्ट जस्तैः खल्ती, ई–सेवा, भिजा, मास्टरकार्डमार्फत सामान खरिद गर्न सकिन्छ। र, चाँडै आइओएस प्लेटफर्ममा मोबाइल एप लन्च गरिने कम्पनीले जनाएको छ।

भर्खरै सार्वजनिक गरिएको अवसरमा यस साइटको वेबसाइट तथा एन्ड्रोइड एपमार्फत २ सय रुपैयाँ बराबरको भौचर ग्राहकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ। सूचना प्रविधिको विकाससँगै व्यवसायलाई जोड्न अनलाइन सपिङ सेवा सुरु गरेको बजार व्यवस्थापक प्रमुख आचार्यले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?