
काठमाडौँ– ओपोले ‘बडादसैँको लहर ओपोको अफर’, विशेष उपहार योजनाको घोषणा गरेको छ।
उपहार योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोनलगायत आईओटी उत्पादन खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन्।
‘ग्लोबल कम्पनीका रूपमा ओपोले सधैँ स्थानीयकरणमा विश्वास गर्दै आएको छ’, ओपो नेपालका ब्रान्ड डिरेक्टर, पियरसन शेनले भने। उनका अनुसार क्याम्पेन अवधिभर कुनै पनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्नेछन्।
क्याम्पेन अवधिभर, लक्की ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्की ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ। एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्की ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन्।
सेप्टेम्बर १२ देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना अक्टोबर १८ सम्म चल्ने कम्पनीले जनाएको छ।