मुक्तिनाथ विकास बैंकद्वारा सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा सहयोग
+
-

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत संघसंस्था तथा व्यक्तिलाई सहयोग गर्दै आएको छ।

बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ का लागि ५ हजार रकम मिडिया इन्टरनेसनल प्रालिलाई सहयोग गरेको छ ।

बैंकले ३ थान ३ सिटरको फलामको कुर्सी मालपोत कार्यालय—कास्कीलाई हस्तान्तरण गरेको जनाएको छ। यसका साथै, बैंकले बालबालिकाको शिक्षामा टेवा पुर्‍याउनका लागि रेस्ट फाउन्डेसनअन्तर्गत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकाका लागि चाहिने किताबको दराज निर्माण गर्न ४० हजार रुपैयाँ सहयोग गरेको छ।

यसैगरी, बैंकले भैंसेपाटीस्थित प्रगति युवा क्लबद्वारा आयोजन भएको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गरेको छ। उक्त कार्यक्रमले विद्यमान चरम रक्त अभावलाई केही हदसम्म भए पनि सहयोग हुने अपेक्षा बैंकले गरेको छ।

बैंकले आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका–२२ का २८ वर्षीय प्रकाश बरालको मिर्गाैला प्रत्यारोपणका लागि ५० हजार सहयोग गरेको छ। यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकको हितमा काम हुने विश्वास लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?