अध्यक्ष ओलीले भने- ‘एक कप चिया खाने पैसा छैन, सरकार हो कि बुख्याँचा?’

अध्यक्ष ओलीले भने- ‘एक कप चिया खाने पैसा छैन, सरकार हो कि बुख्याँचा?’
+
-

बुटवल-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा नेकपा एमाले पहिलो पार्टी हुने दाबी गरेका छन्।

बुटवलमा एमाले कार्यकर्ता भेलामा बोल्दै ओलीले केही महिना सरकारबाहिर रहे पनि आगामी चुनावपछि जनताको व्यापक समर्थनसहित सरकारको नेतृत्व गर्ने बताए। उनले बजेट पारित गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरे। उनले भने, ‘गुरूरू दगुरेर गएर प्रस्ताव पेश गर्न हुन्छ भने पास गर्न सकिँदैन?, सरकारसँग एक कप चिया खाने पैसा छैन, बुख्याँचा हो कि सरकार हो?’

उनले एमालेले गरेको विकासको काम देख्न नसकेर सरकार ढलाउन लागिपरेको बताए।

‘माओवादीका प्रचण्डले पार्टी विघटन गर्दिन्छु भन्नुभो, ठीक भन्नुभो, माओवादी मिलेर प्रचण्ड गुट मात्रै बाहिरिएको हो,’ उनले भने- ‘थुप्रै नेताहरू एकीकृत पार्टीमै हुनुहुन्छ, बाक्लो दाल खान गएकाहरू पुर्पुरोमा हात लगाएर के सोचे मैले के भयो अहिले पो भो!’

तस्बिरः सी.पी. खनाल/देश सञ्चार।

‘प्रचण्डले हुँदैन कि भनेर खुट्टा कमाउँदा माधवकुमार नेपाल नै हो, पार्टी र सरकार ढाल्ने, खुट्टा कमाउने हैन भनेर यहाँसम्म ल्याए,’ उनले ठट्यौली शैलीमा भने, ‘मौरीको साथ लागेर गए फूलबारी बगैँचामा पुगिन्छ, झिँगाको साथ लागे फोहोरको डंगुरमा पुगिन्छ, कहाँ पुग्ने हो, एमालेसँग कि झिगासँग?’

उनले थपे- ‘पार्टीको आन्तरिक लोकतन्त्र  भएको र जनताको बहुदलीय जनवादलाई लिएर अघि बढ्ने पार्टी हो एमाले। सरकारको बुद्धिमा बिर्को लागेको छ, बजेट खर्च गर्न नमिल्ने भैसक्यो, संसद ४ गतेसम्म स्थगित गरेर के गर्न खोजेको?’

अधिकांश समय माधवकुमार नेपालको आलोचनामा बिताएका उनले गरीबको आँसुले पोल्ने बताए। ‘एमाले विभाजन गर्न जालझेल गरेका माधव नेपाललाई गरीबको आँसुले पोल्छ, जसले पार्टी छोड्यो त्यसले हो क्षति भोग्ने,’ उनले भने, ‘पिलो निचोरिँदैमा ओजन घटेको हुन्न, नाचेर हाँसीखुसी पार्टी बनाउनुस्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?