झाडापखालाबाट कपिलवस्तुको कृष्णनगरमा दुई जनाको मृत्यु

+
-

बुटवल– कपिलवस्तुको कृष्णनगरमा झाडापखालाका कारण २ जनाको मृत्यु भएको छ।

कृष्णनगर नगरपालिकाका वडा नं ७ र ८ मा झाडापखालाका कारण २ जनाको मृत्यु भएको वडा अध्यक्षहरुले बताएका छन्। उनीहरुका अनुसार वडा नं. ९ का ५ वर्षीय राज काश्यप र वडा नं. ८ का ४० वर्षीय रामप्रसाद केवटको मृत्यु भएको हो।

नगरका वडा नं. ७, ८ र ९ मा झाडापखाला र बान्ताको समस्या देखिएका ५२ जना रहेको र उनीहरुको अस्पतालहरुमा उपचार भइरहेको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले जानकारी दिए। उनकाअनुसार केही उपचारपछि घर फर्किएका छन् भने केहीलाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ।

झाडापखालाको समस्या देखिएपछि स्वास्थ्य कार्यालयको टोली स्थानीयका घरमा पठाएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए।

उनका अनुसार अहिले झाडापखाला फैलिने र नयाँ बिरामी थपिने क्रम भने रोकिएको छ। उनले गाउँस्तरमा जनचेतनामूलक कार्यक्रम समेत थालेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?