प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याउने लुम्बिनी सरकारको तयारी

प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याउने लुम्बिनी सरकारको तयारी
+
-

बुटवल– लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सभाको बुधबार बस्ने बैठकमा प्रतिस्थापन विधेयक ल्याउने सरकारको तयारी छ।

जसका लागि मंगलबार प्रदेश सरकारका मन्त्रालयहरुमा मन्त्रीसहितका कर्मचारी र विज्ञहरुको बैठक बसिरहेको छ। प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बताए।

उनका अनुसार यसअघि एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले ल्याएको ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेटमा केही संशोधन भएको छ।

बजेटले समेटेका केही मुख्य कार्यक्रमहरु परिमार्जन र परिवर्तन गरेको उनले बताए। उनका अनुसार संघीय सरकारकै शैलीमा केही नयाँ कार्यक्रमहरु थप भएका छन्।

लुम्बिनी प्रदेश सरकारले ५ दलीय गठबन्धनको साझा कार्यक्रम अनुसार बजेटलाई केही परिमार्जन र संशोधन गरेको हो। यसअघि अध्यादेशबाट ल्याइएको बजेटलाई संशोधन गरेर केही नयाँ कार्यक्रम थप गरी बजेट ल्याउने सरकारका प्रवक्तासमेत रहेका मन्त्री खड्काले बताए।

उनका अनुसार बजेटमा लुम्बिनी प्रदेश बैंक स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि बहु–सांस्कृतिक डबली निर्माण, निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित लुम्बिनी चिनाउने मायाको चिनो तथा उपहार सामग्री उत्पादन उद्योग स्थापना लगायतका केही नयाँ कार्यक्रम समेटिने छन्।

यसअघिको चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ विनियोजन भएकोमा सो अंकमा केही हेरफेर हुनसक्ने भएपनि बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि र पर्यटनमा नै केन्द्रित हुने उनले संकेत गरे।

यसअघि अल्पमतमा परेको शंकर पोखरेलको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो। अध्यादेशमार्फत ल्याएको बजेट संसदमा पेश नगर्दै पोखरेल नेतृत्वको सरकार बहिर्गमन भएको थियो।

साउन २८ गते माओवादी केन्द्रका कुलप्रसाद केसी नेतृत्वमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अजय शाहीसमेतको गठबन्धन सरकार बनेको थियो।

सरकार बनेको करीब २ महिनापछि मात्रै प्रतिस्थापन विधेयकमार्फत बजेट आउन लागेको हो। बजेट परिमार्जन र संशोधन गर्न समय खर्चिएका कारण प्रदेश सरकारका योजनाका काम रोकिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?