मुक्तिनाथ कृषि कम्पनीको सर्वसाधारण सेयर निष्कासन गरिँदै

मुक्तिनाथ कृषि कम्पनीको सर्वसाधारण सेयर निष्कासन गरिँदै
+
-

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेडलगायत नेपालका ८६३ जनाभन्दा बढी सफल व्यावसायिक व्यक्तिको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि पेसालाई प्रतिस्पर्धी र मर्यादित बनाई युवाको आकर्षणको केन्द्र बनाउने लक्ष्यसहित समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्‍याउन कृषि मूल्य शृंखलाको अवयवमा काम गर्दै आइरहेको छ।

विभिन्न उद्देश्य प्राप्तिका लागि आफ्नो स्थापनाकालदेखि विभिन्न कृषि व्यावसायिक, कृषक समूह तथा सहकारीसँग सहकार्य गर्दै कृषकलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादनका साधन, प्रविधि र वित्तीय पहुँचमा सहजीकरण कसरी गर्न सकिन्छ र कृषकले उत्पादन गरेको उपजलाई उपभोक्तसमक्ष कसरी सहज, सुलभ र सुरक्षित रूपमा पुर्‍याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीसँग सहकार्य गर्दै देशका विभिन्न भूभागमा कृषि पेसा गर्दै आइरहेका कृषकलाई सहजीकरण गर्न सोहीअनुसार व्यावसायिक साझेदारी गरी व्यवसाय सञ्चालन गर्दै आएको छ।

०७५ सालमा १ अर्व अधिकृत पुँजी र ४० करोड जारी पुँजीसहित स्थापना भएको कम्पनीमा १० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

यसै परिवेशमा मुक्तिनाथ कृषि कम्पनीको सर्वसाधारणका लागि छुट्याइएको धितोपत्र निष्कासनका लागि २१ असोजमा मुक्तिनाथ कृषि कम्पनी का कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले एक समारोहबीच धितोपत्र निष्कासन व्यवस्थापनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनीका सञ्चालक तुलसीराम ढकाल, सीताराम काफ्ले र विजय गुरुङ, प्रमुख कार्यकारी अधिकृत सलिलकुमार श्रीवास्तव, कम्पनी सचिव रामशरण तिमल्सिना, मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशी, मुक्तिनाथ बैंकका क्षेत्रीय प्रमुख बाबुराम ढकाल र मेगा क्यापिटलका प्रमुख लगानी अधिकृत सुलभ श्रेष्ठलगायत सहभागी थिए।

कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीमध्ये सर्वसाधारणका लागि यो धितोपत्र निष्कासन पहिलो हुनेछ ।
यो सुरुवातसँगै संस्थागत रूपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ पब्लिक कम्पनीको आगमनका लागि कोशेढुंगा सावित हुने मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल बताउँछन्।

उल्लिखित सम्झौताअनुसार यही वर्षको चैत मसान्तभित्र निष्कासनको सबै प्रक्रिया पूरा गरी जारी गर्ने लक्ष्य लिएको छ। यसअन्तर्गत सर्वसाधारणका लागि चार करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्कासन हुनेछ। आवश्यकताअनुसार मुक्तिनाथ कृषि कम्पनीले जारी पुँजी बढाएर धेरैभन्दा धेरै सर्वसाधारणलाई जोड्ने लक्ष्य लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?