लुम्बिनीमा रोकियो मन्त्रिमण्डल विस्तार

लुम्बिनीमा रोकियो मन्त्रिमण्डल विस्तार
+
-

बुटवल– लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार रोकिएको छ। सत्ता साझेदार दल कांग्रेसले मन्त्री बन्नेको नाम टुंग्याउन नसक्दा मन्त्रिमण्डल विस्तार रोकिएको हो।

कांग्रेसले पाउने पाँच मन्त्रालयमध्ये डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री बनिसकेका छन्। अन्य मन्त्रालयमा सहमति हुन बाँकी छ।

बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका बसिउद्धिन खा मन्त्री बन्ने सहमति भए पनि बाँकी एकजना मन्त्री र एकजना राज्यमन्त्रीको टुंगो लागेको छैन।

रुपन्देहीका अष्टभुजा पाठक र पाल्पाका वीरबहादुर रानामध्ये कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागेको छैन। त्यस्तै राज्यमन्त्री को बन्ने भन्ने पनि टुंगो लाग्न बाँकी छ। अर्घाखाँचीकी निर्मला क्षेत्री, कपिलवस्तुकी रीना नेपाल र दाङका अर्जुन श्रेष्ठले दाबी गरेका छन्।

संसदीय दलले मन्त्री टुंगो लगाउन नसकेपछि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले केन्द्रीय नेतृत्वसँग छलफल गर्ने कांग्रेसका एक सांसदले बताए। सहमतिमै मन्त्रीको टुंगो लाग्ने कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए।

माओवादी केन्द्रले भने मन्त्रीको टुंगो लगाएको छ। माओवादी केन्द्रबाट दाङका इन्द्रजीत थारु र बर्दियाका तिलकराम शर्मालाई मन्त्री बनाउने निर्णय भएको छ। राज्यमन्त्रीमा विमलाकुमारी खत्री वलीको टुंगो लागेको छ।

माओवादीको भागमा परेको एउटा मन्त्रालय एकीकृत समाजवादीलाई दिने भएपछि अन्तिम समयमा प्रमुख सचेतकसमेत रहेका पाल्पाका तुलाराम घर्तीको नाम हटेको छ। नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती मन्त्री बन्नेछिन्। उनी लुम्बिनीमा एकीकृत समाजवादीकी एक्ली प्रदेश सांसद हुन्।

एमाले नेता शंकर पोखरेलको सरकार अल्पमतमा परेर ढलेपछि साउन २८ गते माओवादी केन्द्रका कुलप्रसाद केसी पाँच दलीय गठबन्धनको सहारामा मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री बनेको दुई महिना हुन लाग्दा पनि मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै पार्टीभित्रैबाट उनको आलोचना हुन थालेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?