
काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ।
एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको सो विधेयक संसद्बाट फिर्ता गरेर सरकारले साह्रै बेठीक र उल्टो काम गरेको प्रतिक्रिया दिएका छन्।
संसद् बैठकबाट शुक्रबार बाहिरिने क्रममा उनले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै विधेयक फिर्ता लैजाने र अध्यादेशमार्फत विधेयक ल्याउने काम गरे आफ्नो पार्टीलाई मान्य नहुने चेतावनीसमेत दिए।
उनले भने, ‘लामो समय समितिमा छलफल गरेर यहाँहरूले देखिराख्नुभएको छ। निजामती विधेयक कति समय समितिमा छलफल भयो। त्यत्रो समय लिएर बल्लबल्ल हामी सबैको दबाब चाँडो ल्याऊ, चाँडो पास गर भनी राखेको यो विधेयक हो। बल्लबल्ल संसदमा प्रवेश ग¥यो। संसद्मा त्यतिन्जेल रह्यो।’ त्यसलाई फिर्ता लैजानु सरकारको गलत कार्य भएको उनको भनाइ छ।
उपनेता नेम्वाङले सरकारले आफूहरूका कारण कुनै पनि विधेयक नरोकेको स्मरण गराए। सरकारले अध्यादेशको बाटो रोजेर निजामती सेवा विधेयक फिर्ता लिनु उपयुक्त नभएको उनको तर्क थियो ।