मेटलाइफद्वारा आफ्ना उत्कृष्ट वितरण प्रतिनिधिहरूलाई सम्मान

मेटलाइफद्वारा आफ्ना उत्कृष्ट वितरण प्रतिनिधिहरूलाई सम्मान
+
-

काठमाडौँ – मेटलाइफ नेपालले काठमाडौंमा आयोजित वार्षिक पुरस्कार समारोहमा आफ्नो उत्कृष्ट एजेन्सी प्रतिनिधिलाई सम्मान गरेको छ।

सरकारले तोकेको स्वास्थ्य र सुरक्षासम्बन्धी सबै मापदण्ड पालना गरी आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको उपाध्यक्ष एवं महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले उद्घोष गरेका थिए। जसमा कम्पनीका शीर्ष अधिकारी, योग्य एजेन्सी प्रबन्धक, युनिट प्रबन्धक र देशभरका फिल्ड प्रतिनिधिले उपस्थिति जनाएका थिए।

ग्राहकलाई आफ्नो जीवनमा अघि बढ्न मद्दत गर्ने मनसायसाथ मेटलाइफ नेपाल गत वर्षदेखि नै सबै ग्राहकलाई सहज डिजिटल सेवा प्रदान गर्न ध्यान केन्द्रित रह्यो। सो कम्पनी नेपालमै ग्राहकका लागि अनलाइन प्रिमियम भुक्तानी सेवा प्रदान गर्ने पहिले जीवन बिमा कम्पनी हो।

उक्त कम्पनीसँग काइट नामको डिजिटल सेल्स सोलुसन पनि छ, जसको प्रयोग गरी एजेन्ट तथा वित्तीय योजना सल्लाहकारले जहाँ, जुनसुकै ठाउँमा पनि ग्राहकलाई एक सहज र फरक किसिमको अनबोर्डिङ अनुभव दिलाउन सक्षम रहन्छन् ।

कम्पनीका उपाध्यक्ष एवं महाप्रबन्धक श्रेष्ठ भन्छन्, ‘अहिलेको विषम परिस्थितिमा हाम्रा अभिकर्ताको सहनशीलता र अनुकूलन क्षमता तथा १२ महिनामा ग्राहकलाई मद्दत गर्न देखाउनुभएको अटुट प्रतिबद्धताप्रति निकै गौरवान्वित भएका छौँ।’

मेटलाइफ नेपालले सहज डिजिटल अनुभवका माध्यमबाट ग्राहकको जीवन यात्राको प्रत्येक चरणका आवश्यकता पूरा गर्न आफ्ना अभिकर्ताको क्षमता विकासमा निरन्तर जोड दिइरहने उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?