‘राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन भयो’

‘राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन भयो’
+
-

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन भएको बताएका छन्।

काठमाडौंमा सोमबार आयोजित तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको उपलक्ष्यमा अध्यक्ष थापाले यस्तो बताए। उनले संविधान सभाको पहिलो बैठक भएको करिब १३ वर्ष पुग्दा देशले भनेजस्तो कोल्टो फेर्न नसकेको बताए।

अध्यक्ष थापाले नेपालमा अहिले बाह्य शक्तिको तीव्र प्रभाव बढेको भन्दै नेपाल बाह्य शक्तिको रणनीतिक थलो बनेको बताए। उनले नेपालमा हरेक महत्वपूर्ण निर्णयमा बाह्य शक्ति हाबी भइरहेको बताए। उनले अहिलेको प्रजातन्त्रमा केही सीमित दलका सीमित नेताहरूको समूहले सम्पूर्ण राज्य शक्तिमाथि कब्जा जमाएर सर्वसत्तावादी शैलीमा ब्रह्मलुट गरिरहेको बताए।

अध्यक्ष थापाले भने, ‘संविधान सभाको पहिलो बैठक भएको १३ वर्ष बित्न लाग्दा यो अवधिमा देश कहाँ जान भनेर हिँडेको थियो कहाँ आइपुग्यो, तपाईं–हामी सबैलाई थाहै छ, राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन भएको छ, अहिले नेपालमा बाह्य शक्तिको प्रभाव र चलखेल तीव्र रुपले बढ्दै गएको छ, नेपाल बाह्य शक्तिको रणनीतिक थलो बनेको छ, युरोप, अमेरिका, चीन र भारतको रणनीतिक थलो नेपाल बन्दै गएको छ, चाहे एमसीसी भन्नुहोस्, चाहे बिआरआई भन्नुहोस् यहाँ हरेक महत्वपूर्ण निर्णयमा बाह्य शक्तिको चलखेल र प्रभाव तीव्र रुपले बढ्दै गएको छ, राष्ट्रियतालाई कमजोर बनाइएको छ, अहिले प्रजातन्त्र केही सीमित दलका सीमित नेताको समूहले सम्पूर्ण राज्य शक्तिमाथि कब्जा जमाएर सर्वसत्तावादी शैलीमा ब्रह्मलुट गरिरहेको छ।’

कार्यक्रममा नेकपा एमालेका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले ५ दलको गठबन्धन भन्ने गरिए पनि छैटौं थपिएको प्रमाणित भएको बताए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरातर्फ व्यंग्य गर्दै तीन दिन मन्त्री भएको र राजीनामा दिएकाले गठबन्धन सरकारमा छैटौं दल समावेश भएको पुष्टि हुने तर्क गरे। उनले यो विषय जटिल भएको बताउँदै यसमा नागरिक समाज र राजनीतिक दलले छलफल गर्नुपर्ने बताए।

नेता नेम्वाङले भने, ‘होइन अहिले ५ दलको गठबन्धन छ भनियो, फेरि अर्को छैटौं थपियो रे भन्ने चर्चा र हल्ला छ, त्यो छैटौँ पक्षबाट मन्त्री पनि हुनुभयो, तीन दिनमा राजीनामा पनि दिनुभयो, भनेपछि त्यो कुरा त साँच्चै रहेछ, यस्ता यस्ता इस्युज उठेको सन्दर्भमा राजनीतिक दलले र नागरिक समाजले व्यापक छलफल गर्नुपर्छ, सिंगो देश यो सन्दर्भमा छलफल गरेर निर्णयमा पुग्ने प्रक्रिया त्यो नै प्रजातन्त्र हो, समसामयिक विषय थुप्रै छन् जसको हामीले छलफल गर्नुपर्छ।’

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष प्रकाशचन्द्र लोहनीले पार्टीका तत्कालीन महामन्त्री स्वर्गीय चन्द्रबहादुर गुरुङ मिलनसार र राजनीतिक व्यक्तित्व भएको बताए। उनले गुरुङले जीवित रहँदा व्यक्तिगत स्वार्थका लागि भन्दा देश जनताका लागि काम गरेको बताए।

अध्यक्ष लोहनीले भने, ‘स्वर्गीय चन्द्रबहादुर गुरुङ मिलनसार र राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो, उहाँले पार्टीमा रहँदा आफ्नो स्वार्थपूर्तिका लागि नभई देश र जनताका लागि काम गर्नुभयो, उहाँको निधनले देश र पार्टीलाई नै अपूरणीय क्षति भएको छ।’ अध्यक्ष लोहनीले गणतन्त्रलाई अहिलेको न्यायालय र पार्टीहरूले गाईजात्रा बनाउने काम गरिरहेको आरोप लगाए।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?