
काठमाडौँ – नेपाल बंगलादेश बैंकले बचत खाता खोल्ने ग्राहकको सुरक्षणका लागि गरिएको दुर्घटना बिमा बापतको दाबी रकम १ लाख रुपैयाँ ग्राहक स्व. दिनेश श्रेष्ठका बुवा कालिदास श्रेष्ठलाई प्रदान गरेको छ।
श्रेष्ठले नेपाल बंगलादेश बैंक धुन्चे शाखामा बचत खाता खोली कारोबार गर्दै आएका थिए। नेपाल बंगलादेश बैंक, धुन्चे शाखाका प्रमुख रामेश्वर घिमिरेले उक्त रकम श्रेष्ठका बुबालाई हस्तान्तरण गरेका हुन्।
यस्ता सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारका लागि राहत पुग्ने बैंकले विश्वास लिएको छ। साथै, आगामी दिनमा पनि आफ्ना ग्राहकको हितमा रही बैंकिङ सुविधा प्रदान गर्ने बैंकले जानकारी गराएको छ।