
अ
+
अ
अ
-
काठमाडौं-सुन तस्करी गिरोहका नाइके चूडामणि उप्रेती उर्फ गोरे पक्राउ परेका छन् । गृह मन्त्रालयको विशेष छानबिन समितिले मंगलबार गोरेलाई पक्राउ गरेको हो ।
प्रहरी प्रवक्त शैलेष थापाले गोरे पक्राउ परेको जानकारी दिएका छन् । विमानस्थलबाट हुँदै आएको सुन तस्करी गिरोहका नाइके गोरेलाई भारतबाट पक्राउ गरिएको हो ।
प्रहरीले उनलाई मंगलबार बिहान काठमाडौँ ल्याइसकेको छ र दिउँसो साढे १२ बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछ ।
गोरेलाई मंगलबार नै मोरङ पठाइने छ । मोरङमा साढे ३३ किलो सुन तस्करी काण्डका अभियुक्तका सम्बन्धमा सुनुवाई भइरहेको छ ।
उनलाई भारतको सिक्किमबाट पक्राउ गरिएको भन्ने बुझिएको छ ।