‘खेलमा भविष्य देख्नेहरूको जमात बाक्लिन थाल्यो’

‘खेलमा भविष्य देख्नेहरूको जमात बाक्लिन थाल्यो’
+
-

काठमाडौँ – कांग्रेस नेता प्रकाशमान सिंहले खेलमा भविष्य देख्नेहरूको जमात बाक्लिन थालेको बताएका छन्।

गणेशमान सिंह स्पोर्ट कमिटीले मंगलबार आयोजना गरेको ‘टेनिस टुर्नामेन्ट २०२१’ मा नेता सिंहले आन्तरिक खेलले खेलाडीलाई अवसर दिने भन्दै खेलमा भविष्य देख्नेहरूको जमात बाक्लिन थालेको र खेलमा आकर्षित हुनेहरू बढ्न थालेको बताएका हुन्।

उनले कोराना भाइरसको जोखिमका बेला पनि कमिटीले खेलाडीलाई ध्यानमा राख्दै कार्यक्रम सञ्चालन गरेको प्रति खुसी व्यक्त गरे।

उनले आन्तरिक खेलले खेलाडीको मनोबल बढाउने बताए। यो खेल टेबल टेनिसको इतिहासमा कोशेढुंगा साबित हुने गरी कमिटीले काम गर्ने विश्वास व्यक्त गर्दै नेता सिंहले खेलले नै मानसिक र शारीरिक रूपमा स्वस्थ राख्ने बताए।

नेता सिंहले भने, ‘आन्तरिक खेलले खेलाडीलाई अवसर सिर्जना गर्छ, यस्ता टुर्नामेन्ट भए मात्र खेलाडीले आफ्नो प्रदर्शन गर्न पाउँछन्, यो टुर्नामेन्ट टेनिसको इतिहासमा कोशेढुंगा साबित हुने गरी काम हुनेछ, खेललाई विस्तारै प्रोत्साहन गर्नेहरूको जमात बढेको छ, यो सिम्टन आइरहेको छ, यसलाई राम्रो मान्नुपर्छ।’

खेलले धेरै कुरामा सहयोग पुर्‍याउने गरेको उनको भनाइ छ। उनले भने, ‘हामी त्यसलाई नजरअन्दाज गर्छौं, खेलले मानसिक र शारीरिक रुपमा स्वस्थ बनाउँछ।’ खेलले संकटका बेला तत्काल उचित निर्णय लिन सहयोग गर्ने उनले बताए।

गणेशमान सिंह स्पोर्ट्स कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेन्ट २०२१’ मंगलबारबाट सुरु भएको छ। टुर्नामेन्ट कात्तिक १६ गतेसम्म चल्नेछ भने यसमा ८ वर्ष उमेर समूहदेखि ६५ वर्षसम्मका खेलाडीले भाग लिन पाउनेछन्। विजेताले ७ लाख २५ हजार धनराशि बराबरको पुरस्कार पाउने आयोजकले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?