
काठमाडौँ– इन्टरनेसनल डान्स एकेडेमी एन्ड फिल्मस् प्रालिद्वारा कि एड्भर्टाइजिङ सर्भिस प्रालिका लागि कात्तिक २५ गते बिहीबारदेखि नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटी सो ‘डान्स च्याम्पियन’ नियमित उत्पादन गरी कान्तिपुर टेलिभिजनमा प्रसारण गर्ने भएको छ। साथै, युटुबमा ‘ओएसआर डिजिटल’ बाट पनि प्रसारण हुनेछ ।
उक्त कार्यक्रमको मार्केटिङ कि एड्भर्टाइजिङले गर्ने जनाएको छ। नेपाली नृत्य र कलाकारितालाई अझै शिखरमा पुर्याउन ‘डान्स च्याम्पियन’ मेगा–सो कान्तिपुर टेलिभिजनले र ‘ओएसआर डिजिटल’ ले नियमित प्रसारण गर्नेछ।
उक्त मेगा–सो प्रत्येक बिहीबार र शुक्रबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिनेछ।
डान्स च्याम्पियनका निर्णायकमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहनेछन्।
डान्स च्याम्पियन कार्यक्रम प्रस्तोताको रूपमा उमेश राई (फुलन्देवी आमा) र निशान्त कटुवाल छन्। उक्त कार्यक्रमका निर्देशक गजित विष्ट हुन्। कुल २५ लाख रुपैयाँ धनराशि पुरस्कार रहेको यस कार्यक्रम ३४ भागको हुनेछ।