ललितपुरको जावलाखेलमा शुक्रबारदेखि गोदावरी पुष्प प्रदर्शनी

ललितपुरको जावलाखेलमा शुक्रबारदेखि गोदावरी पुष्प प्रदर्शनी
+
-

काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिमको कारण रोकिएको गोदावरी पुष्प प्रदर्शनीको १४ औं संस्करण शुक्रबारदेखि हुने भएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा गोदावरी पुष्प प्रदर्शनीको १४ औं संस्करण शुक्रबारदेखि ललितपुरको जावलाखेल खेल मैदानमा हुने भएको हो।

एसोसिएसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदर्शनीको सबै तयारी पूरा भएको जनाएको छ। प्रदर्शनीमा ४४ वटा व्यावसायिक र ४ वटा सूचनामूलक गरी ४८ वटा स्टल राखिने एसोसिएसनले जनाएको छ।

प्रदर्शनीमा नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूलका बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल बिरुवासमेत प्रदर्शनी तथा बिक्री–वितरण हुनेछ।

यसका साथै यस सिजनमा फुल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाको समेत प्रदर्शनी हुनेछ। चार दिने मेलामा उत्कृष्ट हुने एक स्टललाई नगद तथा प्रमाणपत्र प्रदान गर्नेसमेत एसोसिएसनले जनाएको छ।

यस वर्ष विभिन्न विधामा गरिने प्रतिस्पर्धात्मक प्रदर्शनी भने नहुने एसोसिएसनले जनाएको छ। हरेक वर्ष तिहार पर्वलाई लक्ष्य गरी हुने गरिएको गोदावरी पुष्प मेला कोरोना भाइरसका कारण गत वर्ष भने स्थगन गरिएको थियो।

एसोसिएसनले यस पटकको प्रदर्शनीमा ५० लाख रुपैयाँको कारोबार हुने आशा गरेको छ। नेपालमा हाल १ सय ५७ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा पुष्प खेती हुने गरेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?