
काठमाडौँ– यस साता सेयर बजार लगातार उकालो लागिरहेको छ। साताको चौथो दिन बुधबार पनि सेयर बजार बढेको छ। बुधबार सेयर बजार १८.०६ अंकले बढेर नेप्से परिसूचक २ हजार ७ सय ६९.१३ विन्दुमा पुगेको छ। ०.६६ प्रतिशतले बढेर नेप्से परिसूचक २ हजार ७ सय ६९.१३ विन्दुमा पुगेको हो।
बुधबार १ करोड १५ लाख ९२ हजार २ सय ३५ कित्ता सेयर ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको छ। कारोबार पनि उकालो लागिरहेको छ।
होटल एन्ड टुरिजम ०.३१ प्रतिशत, डेभलपमेन्ट बैंक ०.०३ प्रतिशत, हाइड्रोपावर ०.६८ प्रतिशत र म्यानुफ्याक्चर एन्ड प्रडक्सन ०.६८ प्रतिशतले उपसमूह घटेका छन् भने अन्य बढेका छन्।
बैंकिङ ०.७ प्रतिशत, टे«डिङ ०.७६ प्रतिशत, फाइनान्स ०.३८ प्रतिशत, नन् लाइफ इन्स्योरेन्स १.४५ प्रतिशत, अन्य १.२२ प्रतिशत, माइक्रो फाइनान्स १.१ प्रतिशत, लाइफ इन्स्योरेन्स २.०६ प्रतिशत र म्युचल फन्ड ०.९ प्रतिशतले उपसमूह बढेका छन्।
सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स उपसमूह २.०६ प्रतिशतले बढेको छ। यस्तै, ठूला लगानीको मापन गर्ने परिसूचक सेन्सेटिभ ०.४९ अंकले बढेको छ।