
काठमाडौँ – ग्राहकलाई निरन्तर अद्वितीय तथा असाधारण सेवा प्रदान गर्ने प्रतिबद्धतासाथ मेटलाइफ नेपालले पश्चिम नेपालमा रहेका आफ्ना कार्यालयमा सुविधा विस्तार गरेको छ। पोखरा र बुटवलजस्ता प्रमुख बजार केन्द्रमा रहेका कार्यालयलाई रुपान्तरण गरी शाखा कार्यालय बनाइएको हो।
उक्त शाखाबाट बिमा आवेदन तथा प्रिमियम संकलन, पोलिसी वितरण तथा पोलिसी परिवर्तन, पुनःस्थापना, ग्राहक सोधपुछ प्रबन्धनसहित अन्य कागजात प्रशोधनसम्बन्धी सेवा प्राप्त गर्न सकिन्छ । दुवै शाखा कार्यालयको उद्घाटन कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ र अन्य वरिष्ठ कर्मचारीको उपस्थितिमा गरिएको हो।
महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले मेटलाइफको उद्देश्य ग्राहकको अनुभव अभिवृद्धि गर्ने रहेको र हाल रुपान्तरित शाखा कार्यालयले पश्चिम नेपाल र आसपासका आफ्ना ग्राहकलाई गुणस्तरीय सुविधा प्रदान गरी ग्राहक अनुभवलाई नयाँ आयाम दिने बताए।
साथै, उनले शाखाहरूमा निहित थप सुविधाको प्रावधान र सबैलाई पायक पर्ने स्थानले गर्दा आफ्ना ग्राहकलाई सेवा प्रदान गर्ने क्षमतामा समेत वृद्धि हुने र उक्त क्षेत्रका समुदायलाई अपरिहार्य जीवन सुरक्षाका आवश्यकतामा पहँुच बढाउने विचार पनि व्यक्त गरे।
मेटलाइफका ग्राहकले कम्पनीको वेबसाइट वा ग्राहक सेवा एप मार्फत सम्पूर्ण सेवा डिजिटल माध्यमबाट पनि प्राप्त गर्न सक्छन्। नयाँ आवेदन, पोलिसी परिवर्तन तथा प्रिमियम संकलनजस्ता सेवा कार्यालय परिसरका साथै डिजिटल रूपमा पनि सजिलै प्राप्त गर्न सकिन्छ ।