काठमाडौँ – बैकिङ कसुर मुद्दामा काठमाडौं टोखा नगरपालिका–५, बसुन्धारा बस्ने वर्ष ३५ की अप्सरा खातुनलाई प्रहरीले पक्राउ गरेको छ।
अर्घाखाँची पाणिनी गापा–८ घर भई काठमाडौं टोखा–५, बसुन्धारा बस्ने वर्ष ३५ की अप्सरा खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी नबिल बैंकको चेक काटी दिएको कसुरलाई बैंकिङ कसुरजन्य अपराधमा पक्राउ गरेको हो।
उच्च अदालत पाटनले निज प्रतिवादी अप्सरा खातुनको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद ७३ लाख ५० हजार जरिवाना हुने फैसला भएकामा यस केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित विशेष टोलीले निज प्रतिवादीलाई चुन्नीखेल, काठमाडौंबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि बुधबार ललितपुर जिल्ला अदालतमा पेस गरिएको छ।