‘खेलकुद क्षेत्रलाई राजनीतिबाट मुक्त गराउनुपर्छ’

‘खेलकुद क्षेत्रलाई राजनीतिबाट मुक्त गराउनुपर्छ’
+
-

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) लाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीले स्वागत तथा सम्मान गरेका छन्।

राखेपका अध्यक्षसमेत रहेका मन्त्री अथकलाई बुधबार दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच राखेपका उपाध्यक्ष शिव कोइरालासहितका पदाधिकारी तथा खेलाडीले स्वागत तथा सम्मान गरेका हुन्।

स्वागत समारोहमा मन्त्री अथकले खेलकुद क्षेत्रको विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताए।
काम गर्ने समयमा राजनीति गर्न नहुने बताउँदै मन्त्री अथकले खेलकुद क्षेत्रलाई राजनीतिबाट मुक्त गराउनु आफ्नो मुख्य लक्ष्य रहेको प्रस्ट पारे।

‘यो राजनीति गर्ने समय होइन’, मन्त्री अथकले भने, ‘खेलकुदलाई राजनीतिमुक्तबाट बनाउँदै सम्मानित क्षेत्रका रूपमा विकास गर्न आवश्यक छ ।’

खेलकुद ऐनका विषयमा बाहिर चलेका हल्लाप्रति लक्ष्य गर्दै मन्त्री अथकले खेल क्षेत्रको विकासका लागि ऐन बाधक नहुने दाबीसमेत गरे।

‘ऐन कुरान, बाइबल होइन, यसलाई परिमार्जन गर्न सकिन्छ’, मन्त्री अथकले भने, ‘खेलकुद क्षेत्रको विकासका लागि ऐनलाई आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिन्छ।’

ऐनलाई बाघको संज्ञा दिँदै मन्त्री अथकले बाघ, भालु वा हात्तीसँग सँगै सुत्न नसकिने तर आवश्यकताका आधारमा नियन्त्रणमा राख्न सकिने बताए।

अथकले लामो समयपछि आएको खेलकुद ऐनमा केही अपूर्णता देखिए पनि त्यसलाई संशोधन गर्दै लैजान सकिने बताए।
साथै, नवौं खेलकुद प्रतियोगितालाई समयमै सञ्चालन गर्न आवश्यक तयारी सुरु गरिएको, खेलकुद विश्वविद्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको र खेल क्षेत्रको विकासका लागि नयाँ तथा पृथक् योजनाको खाका कोर्ने काम सुरु गरिएको मन्त्री अथकले बताए।

खेल क्षेत्रमा लामो समयदेखि विज्ञता हासिल गरेका खेलाडी नै आफ्नो मुख्य सल्लाहकार भएको उल्लेख गर्दै मन्त्री अथकले खेलाडीबाटै नयाँ योजना आएको खण्डमा त्यसलाई कार्यान्वयनमा लैजान मन्त्रालय प्रतिबद्ध रहेको समेत उल्लेख गरे।

खेल गतिविधि सञ्चालनमा रकम अभाव हुन नदिने बताउँदै मन्त्री अथकले भने, ‘तपाईंहरू योजना ल्याउनुहोस्, स्रोतको व्यवस्थापन राज्यले गर्छ।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?