
काठमाडौँ– यस साता सेयर बजार निरन्तर उकालो लागेको छ। कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार उकालो लागेको हो।
बिहीबार सेयर बजार १३.०४ अंकले बढेर नेप्से परिसूचक २ हजार ७ सय ८२.१६ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
०.४७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २ हजार ७ सय ८२.१६ विन्दुमा पुगेको हो।
सेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ। बिहीबार ९२ लाख ३६ हजार ६ सय १३ कित्ता सेयर ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६ सय २८ रुपैयाँमा कारोबार भएको छ। बुधबार ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार उपसमूह डेभलपमेन्ट बैकिङ ०.९९ प्रतिशत, हाइड्रो पावर २.२१ प्रतिशत, फाइनान्स ०.५२ प्रतिशत, नन् लाइफ इन्स्योरेन्स ०.०३ प्रतिशत, अन्य २.५३ प्रतिशत, माइक्रो फाइनान्स २.४३ प्रतिशत र इन्भेष्टमेन्ट ०.४ प्रतिशतले बढेका छन् भने बैंकिङ ०.४२ प्रतिशत, टे«डिङ ०.३१ प्रतिशत, होटल एन्ड टुरिजम १.१५ प्रतिशत, म्यानुफ्याक्चर एन्ड प्रडक्सन ०.८ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.५६ प्रतिशत, म्युचल फन्ड ०.६९ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै अन्य उपसमूह २.५३ प्रतिशतले बढेको छ भने १.१५ प्रतिशतले होटल एन्ड टुरिजम घटेको छ।