सुन्दर ट्रेडर्सको ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक

सुन्दर ट्रेडर्सको ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक
+
-

काठमाडौँ – सुन्दर ट्रेडर्स प्रालिले ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ।

काठमाडौंमा बिहीबार एक कार्यक्रम आयोजना गरी सुन्दर ट्रेडर्सले ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो।

स्कुटर सार्वजनिक गरेपछि सुन्दर ट्रेडर्स प्रालिका अध्यक्ष भेषबहादुर थापाले यो स्कुटरको चार्ज, ब्याट्रीबारे जीपीएसबाट हेर्न सकिने बताए।

उनले केही दिनमै प्रालिले पहाडी क्षेत्रमा सञ्चालन गर्न सकिने विद्युतीय मोटरसाइकल र कार आयात पनि गर्ने बताए।

यो स्कुटरको वारेन्टी ५ वर्षको हुने र यसका पार्टपुर्जा पनि सस्तो रहेको उनले बताए।

उनले भने, ‘इलेक्ट्रिक स्कुटी आयात गरेका छौँ, यसलाई जीपीएसबाट कति चार्ज भयो भन्ने कुरा हेर्न सकिन्छ, यसको भित्र जीपीएस राखिएको छ, त्यसैले आफू हिँड्दा हिँड्दै कति ब्याट्री खपत भयो हेर्न सकिन्छ, हामीले अहिले ५ मोडलमा स्कुटी ल्याएका छौँ, केही दिनभित्रै पहाडी भेगमा पनि सञ्चालन हुन सक्ने गरी बाइक र कार सञ्चालन गर्नेछौं, सम्भावित ४० दिनमा कारसहित इलेक्ट्रिक बाइक सञ्चालन हुनेछ।’

अध्यक्ष थापाले इन्धनको भारलाई कम गर्न विद्युतीय सवारीसाधनमा जोड दिएको बताए। उनले अबको महिना दिनमा सुन्दर यातायात प्रालिले पठाओको झैँ सेवा सुचारु गर्ने बताउँदै त्यसका लागि २५० वटा मोटरसाइकल तयार पनि गरेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?