
काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिमा शुल्क (प्रिमियम) भुक्तानी इसेवाबाट गर्ने बिमितमध्येबाट पहिलो लक्की ड्रमार्फत विजेतालाई आइफोन १२ प्रदान गरिएको छ। नेपाल लाइफको कार्यालयमा एक कार्यक्रमबीच उक्त पुरस्कार प्रदान गरिएको हो।
लक्की ड्रमार्फत छनोट भएका विराटनगर निवासी विज्ञान दाहाललाई नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले उक्त आइफोन १२ प्रदान गरेका हुन्।
नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले डिजिटल प्लेटफर्ममार्फत प्रिमियम भुक्तानी गर्दा समयको बचत र झन्झटबाट मुक्त हुनुका साथै इसेवाले ग्राहकलाई यस किसिमका उपहार प्रदान गर्दा डिजिटल पेमेन्टमा आकर्षण बढ्ने बताए।
विजेता विज्ञान दाहालले १० वर्षअघि बिमा गरेको पोलिसीको प्रिमियम समय र सहजतालाई ध्यान दिई इसेवाबाट भुक्तानी गर्दा लक्की ड्रबारे जानकारी नभएको तर जब इसेवाबाट तपार्इं लक्की ड्रमार्फत छनोट हुनुभएको छ भनी फोन आउँदा आश्चर्यचकित भएको बताए।
उनले भने, ‘आजको दिनमा डिजिटल प्लेटफर्ममार्फत भुक्तानीको विश्वसनियता बढ्दै गएको छ भने यस्ता उपहार, पुरस्कारले अझ थप उत्साह थपेको छ।’
आफ्ना बिमितलाई सरल र सहज सेवा प्रदान गर्न नेपाल लाइफले विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटसँग बिमा शुल्क (प्रिमियम) भुक्तानीको सम्झौता गरेको छ।
जसले गर्दा कुनै पनि ठाउँबाट जुनसुकै समयमा बिमा शुल्क (प्रिमियम) भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ। नेपाल लाइफको प्रिमियम डिजिटल वालेट ई–सेवाका साथै खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पेलगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ।