बिमाबारे बिमा समिति र महासंघबीच विवाद

बिमाबारे बिमा समिति र महासंघबीच विवाद
+
-

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघले ‘निर्जीवन बिमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकिएकामा महासंघद्वारा बिमा समितिको गम्भीर ध्यानाकर्षण’ शीर्षकमा बुधबारमा जारी प्रेस विज्ञप्तिप्रति यस बिमा समिति (नेपालको बिमा नियमनकारी निकाय) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मुलुकमा व्यापार व्यवसायको बिमा गर्दा अस्वस्थ प्रतिस्पर्धा हुन नदिने उद्देश्यसाथ समितिले गैरमहसुल बिमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर तोकेको जनाएको छ।

निर्जीवन बिमाअन्तर्गत अग्नि, मोटर, इन्जिनियरिङ, सामुद्रिक, हवाई र विविध बिमा कमभन्दा कम प्रिमियम दरमा गर्ने गरिएका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै निर्जीवन बिमा कम्पनीले न्यूनतम प्रिमियम दर कायम गर्न पटक–पटक बिमा समितिसमक्ष आग्रह गर्दै आएको जानकारी दिएको छ।

यसरी कमभन्दा कम प्रिमियम दरमा गरिएका निर्जीवन बिमाको पुनर्बिमा गर्न विभिन्न अन्तर्राष्ट्रिय पुनर्बिमा कम्पनीले अस्वीकार गर्ने गरेका र यस स्थितिमा निर्जीवन बिमाको दाबी भुक्तानीमा पनि समस्या पर्ने देखिएकाले समितिले न्यूनतम प्रिमियम दर तोक्नुपरेको जनाएको छ।

जीवन बिमा वा निर्जीवन बिमा जुन गरे पनि बिमितको बिमा रकम सुरक्षित रहने र बिमा कम्पनीसँग भएका सम्झौताअनुसार बिमितले समयमै दाबी भुक्तानी पाउनुपर्छ भन्नेमा समितिले जोड दिँदै आएको छ र सोहीअनुसार बिमा कम्पनीलाई निर्देशन दिने कामसमेत गरेको जनाएको छ।
नेपालमा बिमा कम्पनीले गर्ने बिमाले अन्तर्राष्ट्रिय रूपमा समेत मान्यता पाउनेखालको हुनु आवश्यक छ।

यसो भएमा नेपालमा बिमा कम्पनीले गर्ने बिमाको पुनर्बिमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पुनर्बिमा कम्पनीमा समेत हुने र बिमा कम्पनीसँग भएको सम्झौताअनुसार बिमितले समयमै दाबी भुक्तानी पाउने अवस्था रहन्छ।

मुलुकले अवलम्बन गरेको खुला बजार अर्थव्यवस्थालाई स्वच्छ एवं पारदर्शी रूपमा अगाडि बढाउन बिमा क्षेत्रबाट गर्नुपर्ने योगदान गर्न समिति सदैव तत्पर रहेको बताएको छ। न्यूनतम प्रिमियम दरलगायत बिमा क्षेत्रको विकास एवं विस्तारका सम्बन्धमा निजी क्षेत्रबाट प्राप्त हुने सुझावलाई समितिले सकारात्मक रूपमा लिने जनाएको छ।

साथै, बिमा क्षेत्रमा विद्यमान समस्याको समाधान गर्दै नेपालको बिमा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको तुल्याउने कार्यमा निजी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने हुनाले यसका लागि सहकार्य गर्न समितिले नेपाल उद्योग वाणिज्य महासंघसँग आग्रहसमेत गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?