‘अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दा सञ्चालनमा ल्याउनुपर्छ’

‘अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दा सञ्चालनमा ल्याउनुपर्छ’
+
-

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दा सञ्चालन गर्नुपर्ने बताएका छन्।

शुक्रबार १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दा सञ्चालन गर्नुपर्ने बताए।

उनले देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगधन्दा र खेतीपातीलाई सरकारले प्रोत्साहन गरिरहेको बताए। उनले हरेक क्षेत्रमा काम गर्नेहरूले आफ्नो ठाउँबाट आफू आत्मनिर्भर बन्छु भन्ने सोच्नुपर्नेमा जोड दिए।

उनले भने, ‘उत्पादनमुखी अर्थतन्त्र हुनुपर्छ, उत्पादनमा आधारित राजस्व हुनुपर्छ, मैले यसो भनिरहँदा केहीले त्यसको विरोध गरे, स्वदेशमा उद्योगधन्दा खोल्नु हुँदैन, बाहिरबाट किनेर बेच्ने हो भने खबरदार, देशको अर्थतन्त्र बलियो र वृद्धि गर्न स्वदेशमै उत्पादन गर्ने उद्योगधन्दा हुनुपर्छ, खेतीपाती चाहिन्छ, व्यवसायलाई प्राथमिकता दिनुपर्छ, उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर मात्रै आत्मनिर्भर बन्न सकिन्छ, नेपालमै भएका कच्चा पदार्थ र बाहिरबाट कच्चा पदार्थ ल्याएर भए पनि उद्योगधन्दा स्वदेशमै खोलिनुपर्छ, त्यसका लागि सरकारले के सहयोग गर्नुपर्छ तयार छौँ।’

अर्थमन्त्री शर्माले नेपालमा पुष्प खेतीको आकर्षण बढ्दै गएको बताए। उनले पुष्प व्यवसायले देशको अर्थतन्त्र बढाउने भन्दै जनताको पसिनाबाट उठाइएको राजस्व जनताकै लागि खर्च गर्ने बताए। उनले नेपाल अर्को वर्षसम्म फूलमा आत्मनिर्भर हुनुपर्ने बताए।

अर्थमन्त्री शर्माले भने, ‘४ दिनसम्म सञ्चालन हुने पुष्प मेलाले आफ्नो लक्ष्य हासिल गर्नेछ, फूल प्रेमीलाई सेवा प्रदान गर्नेछ, व्यवसायलाई अघि बढाउनेछ, फूल खेतीबारे जिज्ञासा मेटाउनेछ, आगामी दिनमा यो क्षेत्रमा काम गर्नेको संख्या वृद्धि गर्नेछ, नेपालमा पुष्पखेतीको आकर्षण बढिरहेको छ, कोभिडले सबै क्षेत्रमा असर गरेको छ, पुष्प व्यवसायले देशको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग गर्छ, देशको ठूलो समस्या समाधान हुन्छ, हामी जनताबाट उठेका पसिनाको राजस्वलाई जनताकै लागि खर्च गर्नेर्छौं।’

अर्थमन्त्री शर्माले फूल र मानिसको सम्बन्ध जीवनकालसम्म भएको भन्दै फूल अन्य देशमा व्यापारमा मात्रै जोडिए पनि नेपालमा संस्कृतिसँग जोडिएको बताए। उनले सरकारले काठमाडौं उपत्यकामा १२ वटा पार्क बनाउने योजना अघि सारेको जानकारी दिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?