ऊर्जा बचत गरेबापत वाणिज्य बैंकद्वारा १३ कम्पनीलाई अनुदान रकम हस्तान्तरण

ऊर्जा बचत गरेबापत वाणिज्य बैंकद्वारा १३ कम्पनीलाई अनुदान रकम हस्तान्तरण
+
-

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट के एफ डब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत शुक्रबार ६ करोड ५० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ।

बैंकले एसियन थाई फुड्स, जस्मिन हाइजिन प्रोडक्ट्स्, ताजा फुड्सलाई एक–एक करोड रुपैयाँ, नेपाल वायर्स एन्ड केवललाई ६४ लाख ८४ हजार रुपैयाँ, पञ्चकन्या स्टिल इन्डस्ट्रिजलाई ६३ लाख ९१ हजार, पञ्चकन्या मेटल इन्जिनियरिङलाई ४४ लाख १९ हजार रुपैयाँ, एसआर स्टिल इन्डस्ट्रिजलाई ४३ लाख २१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ।

यस्तै, क्युमेड फर्मुलेसनलाई ३१ लाख ६१ हजार, इलाम टी प्रोड्युसरलाई २९ लाख ६९ हजार, ओहम फर्मम्युट्रीकल्स ल्याब्रोट्रिजलाई २४ लाख ९४ हजार, पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिजलाई २२ लाख ५८ हजार, हिमालयन नेचुरललाई १७ लाख ४० हजार र विजयदीप ल्याब्रोट्रिजलाई ८ लाख ४५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ।

मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक एक समारोहबीच हस्तान्तरण गरिएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक रकम हस्तान्तरण गर्दै यो अनुदान रकमले व्यवसायको अन्य पक्षको पनि सुधार हुने जानकारी दिँदै हालसम्म ३० वटाभन्दा बढी उद्योगलाई १६ करोड ३५ लाखभन्दा बढी अनुदान हस्तान्तरण गरिसकेको बताए।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’आयोजना कार्यन्वयनका लागि प्रोजेक्ट एक्जिक्युटिङ एजेन्सीको रुपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ।

यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्मलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइनेछ।

यस आयोजनाअन्तर्गत कुनै एक इकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम १ करोडसम्मको अनुदान रकमको सीमा कायम गरिएको छ।

उक्त समारोहमा निप कार्यक्रमका व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाविद् डा दुर्गा कारञ्जित, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख पवन रेग्मी, विमल डंगोल, विनयरमण पौडेल, उपप्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टेन्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीलगायत कर्मचारीकोे उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?