सोलुखुम्बुमा अप्टिकल फाइबर लिंक स्थापना

सोलुखुम्बुमा अप्टिकल फाइबर लिंक स्थापना
+
-

काठमाडौँ – मुलुकको अति दुर्गम स्थानमध्ये सोलुखुम्बु जिल्लाका सेवाग्राहीले हालै सम्पन्न गरिएको अप्टिकल फाइबर लिंक स्थापनापश्चात् दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका छन्।

नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको हो।

समुद्री सतहबाट ३ हजार मिटर उचाइमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेसनलाई बिहीबार १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो।

रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा लामो समयदेखि सेवाग्राहीको आवश्यकता र चाहना भए पनि उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन।

नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने देखिन्छ।

पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लुलगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाको गुणस्तर अभिवृद्धि हुनेछ। यसका साथै यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरको मोबाइल ट्राफिक आदान प्रदान गर्न सहज हुनेछ।

विगतका वर्षमा यी क्षेत्रमा टेलिफोन सेवाको गुणस्तरीयताबारे टिप्पणी हुने गरेको सन्दर्भमा अप्टिकल फाइबर लिंकको प्रयोगसँगै अबउप्रान्त ग्राहकवर्गले गुणस्तरीय सेवाको अनुभव गर्न सक्ने अपेक्षा गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?