राष्ट्रपति भण्डारीले भनिन्- ‘लुम्बिनीको विकासका लागि विमानस्थल कोशेढुंगा सावित हुनेछ’

राष्ट्रपति भण्डारीले भनिन्- ‘लुम्बिनीको विकासका लागि विमानस्थल कोशेढुंगा सावित हुनेछ’
+
-

बुटवल – राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई शीघ्र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएकी छन्।

उनले लुम्बिनीको विकासका लागि विमानस्थल कोशेढुंगा सावित हुने उल्लेख गर्दै बाँकी रहेका काम छिट्टै सम्पन्न गरी सञ्चालनमा ल्याउन सरकारलाई निर्देशनसमेत दिइन्।

उनले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएकी छन्।

उनले भनिन्, ‘गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि जनतालाई समर्थनमा लिएर काम गर्नुपर्ने हुन्छ । जनताको खुसी नै हाम्रो खुसी हो।’

राष्ट्रपति भण्डारीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा राखिएको बहमूल्य बुद्धमूर्तिको अनावरण गर्दै भनिन्, ‘गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको सन्देश चारैतिर फैलिएको छ, यो विश्वप्रसिद्ध स्थल हो, नेपालमा गौतमबुद्धको जन्म भएको हो, बुद्धले लामो तपस्यापछि जुन ज्ञान प्राप्त गर्नुभयो त्यसको मर्म र भावनाअनुसार चल्न सक्दा नै मानवकल्याण हुनेछ।’

उनले लुम्बिनी क्षेत्रको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सक्न सरकार तथा सम्बन्धित निकायलाई निर्देशनसमेत दिइन्।

विमानस्थबाट विश्वभरिबाट पर्यटक आउन सके लुम्बिनीको विकास हुने तथा विश्वभर शान्तिको सन्देश फैलाउन सहयोग पुग्ने बताइन्।

उनले लुम्बिनीको विकासका लागि सबैले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै सबैको साझा मत हुनुपर्ने धारणा व्यक्त गरिन्।

यसअघि उनले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाअर्चना गरेकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?