‘ओपो तिहार अफर २०७८’ उपहार योजना

‘ओपो तिहार अफर २०७८’ उपहार योजना
+
-

काठमाडौँ – ओपोले ‘ओपो तिहार अफर २०७८’, उपहार योजना घोषणा गरेको छ।

उपहार योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोनलगायत आईओटी उत्पादन खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन् ।

‘ओपो एक ग्लोबल कम्पनी हो। ओपोले सधैँ स्थानीयकरणमा विश्वास गर्दै आइरहेको छ। हाम्रा लागि नेपाल विशेष प्राथमिकता बोकेको बजार हो। यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ। स्थानीय महान् चाड उपभोक्तासँग खुसी साट्दै मनाउने सोचका साथ हामीले समय–समयमा विभिन्न उपहार योजनाको घोषणा गर्दै आएका छौँ। ओपो तिहार योजना यसैको एक अभिन्न अंग हो’, ओपो नेपालका ब्रान्ड डायरेक्टर, पियरसन सेनले भने।

क्याम्पेन अवधिभर कुनै पनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले तिहार उपहार योजनामा सहभागिता जनाउन सक्छन्। सहभागिताका लागि उपभोक्ताले, opponepalcampaigns.comमा सिधै लगअन वा क्युआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ।

यसरी सहभागीमध्येबाट लक्की ड्रमार्फत छनोटमा परेका भाग्यशाली विजेताले ओपो एन्को डब्ल्यु ५१, ओपो ब्यान्ड, ओपो डब्ल्यु ११ लगायत अन्य आकर्षक उपहार जित्न सक्नेछन्।

विजेताहरूको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत गरिनेछ। ओपो तिहार अफर, उपहार योजना नोभेम्बर १ देखि नोभेम्बर ७ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?